वर्षाको पानी सङ्कलनबारे काठमाडौँमा राष्ट्रिय सम्मेलन हुने
यही साउन ११ र १२ गते काठमाडौँमा वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ ।
वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्मार्ट बास सोलुसनको संयुक्त आयोजना, खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहयोगमा सम्मेलन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरियाबाट समेत खानेपानीमा काम गर्ने विज्ञ आउने भएका छन् ।
सम्मेलनमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, वर्षात्को पानी सङ्कलनबाट जलाधार तथा परिस्थितीय चक्र (इकोसिस्टम), आकाशे पानी सङ्कलन प्रवद्र्धनमा स्थानीय निकायको भूमिका र वित्तीय सहयोग, पानीको अभाव, जलवायु परिवर्तन र अनुकूलनजस्ता २५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकका सदस्य रामदीप शाहले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव