काठमाडौंमा टिपरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
शनिबार, ०४ साउन २०७६, २२ : १२
काठमाडौं-काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना३ख ७५६१ नंको टिपरमा बा९२प ६५६५ नंको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आज भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार कलङ्की बस्ने ३० वर्षीय विशाल लुइँटेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका–२४ मख्खन गल्ली बस्ने सन्तोष रौनियारको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगदसहित करीब रु १९ लाख १० हजार बराबरको धनमाल गए राति चोरी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी