शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै दुर्घटनामा परेर सर्लाहीमा २ जनाको मृत्यु

शनिबार, ०४ साउन २०७६, २२ : ४२
शनिबार, ०४ साउन २०७६

सर्लाही-छुट्टाछुट्टै दुर्घटनामा परी आज यहाँ दुई जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० मा करेन्ट लागेर ३५ वर्षीय काजीमान बुढाथोकीको मृत्यु भएको छ । स्थानीयवासी गणेश भट्टराईको लेथ मेसिनमा काम गर्ने क्रममा बुढाथोकीलाई करेन्ट लागेको हो । उनको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।  

यस्तै मलङ्गवा–४ मा ट्र्याक्टरबाट लडेर एक बालकको ज्यान गएको छ । मलङ्गवा–३ का आठ वर्षीय मनिष यादवको मृत्यु भएको हो । ज२त ८५२ नंको ट्र्याक्टरमा गणेशियातर्फ जाँदै गरेका लडेर घाइते भएका थिए । उनको उपचारका लागि सर्लाही अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप