शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रिकेट टोली सिंगापुर पुग्यो

शनिबार, ०४ साउन २०७६, २२ : ५८
शनिबार, ०४ साउन २०७६

काठमाडौं- सिंगापुरमा जुलाई २० देखि २८ सम्म आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली क्रिकेट टोली शनिबार सिंगापुर पुगेको छ । नेपाली टोलीले मलेसियामा १० दिन तयारी गरी उतैबाट सिंगापुर प्रस्थान गरेको हो । नेपालले मलेसियासँग दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

नेपालले मलेसियाविरुद्धको दुवै खेल जितेर सिरिजमा ‘क्लिन स्विप’ सकेत गरेको थियो । पहिलो खेलमा मलेसियालाई सात विकेटले हराएको नेपालले दोस्रो खेलमा ६ रनको रोचक जित निकालेको थियो । छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले जुलाई २३ मा कतारसँग समूह चरणको पहिलो खेल खेल्नेछ । दोस्रो खेल मलेसियासँग २४, तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ  ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप