भलिबलसँग जोडियो सुमार्गी परिवार
काठमाडौं-नेपालमा आयोजना हुने एशियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाख रुपैयाँको प्रायोजन सहयोग गरेको छ । शनिबार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले सम्झौतापत्र आदनप्रदान गरे । सम्झौतापछि संघका अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकमप्रति आभार ब्यक्त गदै सेन्ट्रल जोन भलिबल राष्ट्रको गौरब भएकाले भव्यताका साथ सफल बनाउन सबैसँग सहयोग र साथको अनुरोध गरे ।
नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष सुमार्गीले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउनु खुशीको क्षण भएको बताइन् । ‘भलिबल नेपालीको लोकप्रिय खेल हो । यसको विमासमा सबैले सहयोग र साथ दिनु पर्छ । मैले आफुलाई भलिबल परिवारको सदस्य भन्न रुचाउछु । राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउदा हाम्रो संस्था गौरब गर्दछ । आगमी दिनमा पनि सहयोग रहि रहनेछ,’ सुमार्गीले भनिन् ।
लगनखेल स्थित नेपाल आर्मीको कभर्डहलमा साउन ३२ देखी भाद्र ८ गते सम्म संचालन हुने प्रतियोगितामा नेपाल सहित बंगलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुर्कमिनिस्तान र उजवेकिस्तान गरी सात देशको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु