शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'फिमेल भियाग्रा'मा किन मच्चिरहेको छ बबाल ?

आइतबार, ०५ साउन २०७६, ०९ : ०२
आइतबार, ०५ साउन २०७६

बीबीसी

अमेरिकामा सार्वजनिक स्वास्थ्य र खाद्य मामलामा निगरानी राख्ने संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले गत १ जूनमा एउटा नयाँ औषधीको प्रयोग गर्न अनुमती दिएको छ ।

यो औषधीको प्रयोगले  महिलाले आफ्नो यौन इच्छालाई बढाउन सक्ने दाबी गरिएको छ ।

यो औषधी वास्तवमा ती महिलालाई ध्यानमा राखेर विकसित गरिएको छ जसको मेनोपज चक्र प्रभावित भएको कुनै लक्षण हुँदैन तर उनीहरु हाइपो–एक्टिभ सेक्सुअल डिजाएर डिसअर्डर (एचएसडीडी अर्थात् महिलालाई सेक्समा अरुची) बाट पीडित छन् ।

डाक्टरी भाषामा एचएसडीडीको स्थिती त्यतिबेला आउँछ जब सेक्समा रुची नियमित र लगातार कम हुने गर्छ । अनुमान अनुसार अमेरिकामा आमा बन्ने क्षमता राख्ने महिलामा ६ देखि १० प्रतिशत महिला यसबाट पीडित हुन्छन् ।

यो औषधीको नाम हो – बेमेलानोटाइड । तर व्यावसायिक रुपमा यो वायलेसीको नाममा उपलब्ध हुनेछ । यो औषधीको प्रयोगको अनुमतीपछि फर्मास्यूटिकल इन्डष्ट्रि ‘फिमेल भियाग्रा’ को बिक्रीका लागि उत्साहित छन् ।

तर एफडीएको अनुमतीपछि विवाद पनि पैदा भएको छ । के वायलेसी प्रभावकारी छ ? अथवा बेमेलानोटाइडको प्रयोगले स्वास्थ्यमा असर पार्नेछ ? यो प्रश्न सोधिँदै छ ।

GETTY IMAGE

सुई वा चक्की ?

वायलेसीलाई पोलाटिन टेक्नोलोजीले विकसित गरेको हो र यसको बिक्रीको लाइसेन्स एमेग फर्मास्यूटिकल्ससँग छ । यसलाई आफैंले प्रयोग गर्न सकिने इन्जेक्सनको रुपमा विकसित गरिएको छ ।

यो औषधीले डरलाई कम गर्ने र दुई न्यूरोट्रान्समिटरको स्तरमा नियन्त्रण राखेर यौन इच्छालाई उत्कृष्ट बनाउने दाबी गरिँदैछ । यो दुई न्यूरोट्रान्समिटर हो – डोपामाइनको उपस्थिती बढाउने र सेरोटोनिनको स्राव रोक्ने ।

यो नयाँ औषधीले बजारमा पहिलेदेखि नै भएको अडयाईसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । स्प्राउट फर्मास्यूटिकल्सको यो औषधी चक्कीको रुपमा उपलब्ध छ र यसको प्रयोगलाई एफडीएले सन् २०१५ मा अनुमती दिएको थियो ।

त्यतिबेला यो औषधीलाई अनुमती दिँदा विभिन्न विवाद निम्तिएको थियो किनभने थुप्रै विशेषज्ञका अनुसार उक्त औषधी न्यून असर देखाउने असुरक्षित औषधी हो ।

वायलेसीका निर्माताका अनुसार यो औषधीको प्रयोगको क्रममा बिरामीले रक्सी छोड्न आवश्यक छैन । अडयाईको प्रयोग गर्नका लागि सुरुमा मानिसहरुलाई रक्सी छोड्न सल्लाह दिइन्छ ।

यतिमात्र होइन, वायलेसी बनाउनेहरुले यसको साइड इफेक्ट निकै कम हुने र तीब्र रुपमा प्रभावकारी हुने दाबी गरिरहेका छन् । यसका लागि दैनिक इन्जेक्सन पनि लगाउन नपर्ने बताइएको छ ।

GETTY IMAGE

कति ठूलो बजार ?

सन् २०१६ को एक अध्ययन अनुसार अमेरिकाका प्रत्येक १० महिलामध्ये एक एचएसडीडीको चपेटमा छन् तर धेरैजसो महिला यसको उपचार गराउँदैनन् ।

एमेग फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक विलियम हेडेन भन्छन्, ‘समस्या झेलिरहेका थुप्रै महिला चुप नै बस्छन् । यस्तोमा यो उत्पादनका लागि वास्तवमा बजार छैन ।’

तर बजार विश्लेषकले वायलेसीको वार्षिक कारोबार एक अर्ब डलरसम्म पुग्ने अनुमान गरेका छन् ।

ब्लूमबर्ग इन्टेलिजेन्सका अनुसार अमेरिकामा डाक्टरद्वारा अडयाई लेखिएको मामला सन् २०१८ मे को तुलनामा सन् २०१९ मेसम्म ४०० प्रतिशत बढेको छ । यो औषधी सन् २०१९ मे मा तीन हजारजनाले सेवन गरिरहेका थिए ।

यो बढोत्तरी पछि पनि अहिले नै यसको तुलना भायग्रासँग हुन सक्दैन जसलाई हरेक महिना डाक्टरले लाखौं मानिसहरुलाई सेवन गर्न सल्लाह दिन्छन् ।

GETTY IMAGE

के हो विवाद ?

एमेग फर्मास्यूटिकल्सका अनुसार वायलेसीको ट्रायलको क्रममा ४० प्रतिशत व्यक्तिलाई छटपटीको अनुभव भएको छ । यस्तै कतिलाई अत्यधिक गर्मी भएको र टाउको दुखेको घटना पनि सार्वजनिक भयो ।

एफडीएले यो औषधीलाई एचएसडीडीबाट पीडित महिलाको उपचारको विकल्पको रुपमा मञ्जुरी दिएको छ ।

एफडीएले भनेको छ, ‘त्यसको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसबाट यो थाहा हुन्छ कि महिलाको यौन इच्छा कम हुन्छ, यो डरका कारण पनि हुनसक्छ । तर अब यी महिलाका लागि सुरक्षित र प्रभावकारी उपचार छ । यो अनुमतीपछि महिलाले अब उपचारका लागि अर्को एउटा विकल्प पाएका छन् ।’

वायलेसीले दिमागमा यौनइच्छा वा डरलाई कसरी कम गर्छ त भन्ने प्रश्नमा एफडीएले भनेको छ, ‘यो स्पष्ट छैन ।’

हुन त यो विषयमा पनि बहस भइरहेको छ कि के एचएसडीडीको उपचार औषधीमार्फत् हुनुपर्छ ? मेडिकल विशेषज्ञका अनुसार यौनइच्छाको कमी कुनै बाहिरी वा पुनः मनोवैज्ञानिक कारणले पनि हुनसक्छ ।

एचएसडीडीको विषयमा बनेको एफडीएको नविनतम प्यानलमा संलग्न डाक्टर स्प्राउट फर्मास्यूटिकलससँग पनि जोडिएका छन्, यसको पनि  निकै आलोचना भइरहेको छ ।

स्प्राउट फर्मास्यूटिकल्सको नै औषधी हो अडयाई ।

हुन त कुनै महिला स्वास्थ्य संगठनले पनि वायलेसीको दीर्घकालीन प्रभाव जान्नका लागि एफडीएको थप समीक्षा गर्न आवश्यकता नभएको बताएको छ ।    

GETTY IMAGE

मेडिकल ट्रायलः

नेशनल सेन्टर फर हेल्थ रिचर्सकी प्रेसिडेन्ट डायना जकरम्यानले वासिङ्टन पोष्टलाई भनेकी छिन्, ‘राम्रो खबर यो छ कि वायलेसीलाई अडयाइजस्तो दैनिक प्रयोग गर्न आवश्यक छैन । र नराम्रो खबर यो छ कि मानिसहरुलाई सुरक्षाको विषयमा विश्वास भइरहेको छैन किनभने यो औषधीको लामो समयसम्म प्रयोग गर्दा हुने प्रभावबारे जानकारी छैन ।’

वायलेसीलाई २४ हप्तासम्म ट्रायल गरिएको छ । यतिबेला एचएसडीडीबाट पीडित १२०० महिलालाई यो औषधी दिइएको छ । अधिकांश महिलालाई महिनामा दुई वा तीनवटक यसको इन्जेक्सन दिइयो । कसैलाई पनि हप्तामा एकभन्दा बढी इन्जेक्सन दिइएको छैन ।

यीमध्ये २५ प्रतिशत महिलाले आफ्नो यौनइच्छा बढेको बताएका छन् । जबकी प्लेसेबो प्रयोग गर्ने महिलामा १७ प्रथिशतको आँकडाभन्दा यो राम्रो हो ।

यद्यपि, यो ट्रायलमा संलग्न एक निजी मेडिकल ट्रायल कम्पनी कोलम्बर सेन्टर फर विमेन्स हेल्थ रिसर्च अनुसार २० प्रतिशत महिलाले औषधी लिन बन्द गरेका थिए जसमध्ये डर भगाउने औषधीको प्रयोग गर्ने ८ प्रतिशत महिला पनि संलग्न थिए ।

Title Photo: Addyi Photographer: Allen G. Breed/AP Photo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप