बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ कर नीतिको विरोधमा प्रदर्शन

आइतबार, ०५ साउन २०७६, १३ : ३४
आइतबार, ०५ साउन २०७६

वीरगन्ज–सरकारले साउन १ गतेदेखि ल्याएको नयाँ कर नीतिको विरोधमा वीरगन्जका व्यापारीहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् । 

वीरगन्ज उद्योग वाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले अहिले आफूहरुले सांकेतिक आन्दोलनमा मात्र गरेको भन्दै माग सनुवाइ नभएकडा आन्दोलन गर्ने चेतावनी दिए । 
वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा विर्ता स्थित उद्योग वाणिज्य संघको परिसरबाट  हातमा कालोपट्टी बाँधेर निस्किएका उद्योग व्यावसायी सहभागी जुलुश आदर्शनगर हुँदै घण्टाघरमा पुगेर कोणससभामा परिणत भएको थियो ।

 विरोध जुलुशमा वीरगन्ज ट्रान्सपोर्ट एशोसिएसन र पर्सा सुनचाँदी व्यवसायी संघमा आबद्ध  व्यवसायीहरु पनि सहभागी थिए ।

 जुलश पछि घण्टाघर चोकमा आयोजि कोणसभालाइ सम्बोधन गर्दै उद्योगी व्यपारीहरुले सरकारले सडक आन्दोलनको मात्रै आवाज सुन्ने भएकाले आफुहरु सडकमा उत्रिएको बताए ।

कोणसभालाई सम्बोधन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले अव्यवहारिक कर र ऐनकानुन सच्याउन माग गर्दै सरकारलाइ पटक पटक ज्ञापनपत्र बुझाउदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप