सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच सम्झौता
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र उपाय सर्भिसेज लिमिटेडका तर्फबाट उक्त कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस सम्झौताअनुसार बैंकका ग्राहकहरुले नयाँ व्यवसायको योजना, उद्योगसँग सम्बन्धित सेवा, कर तथा लेखा लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लिमार्पmत सहज तथा सरल रुपमा परामर्श प्राप्त गर्ने जनाइएको छ ।
यस सेवा अन्तर्गत बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरिएको बैंकका नायव महाप्रबन्धक अपूर्वप्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन