शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोट्टनहामसँग हार्यो रोनाल्डोको युभेन्ट्स

आइतबार, ०५ साउन २०७६, २२ : ३१
आइतबार, ०५ साउन २०७६

एजेन्सी-इन्टरनेसनल च्याम्पियन्स कप फुटबल अन्तर्गत आइतबार साँझ भएको खेलमा इङ्लिस टोली टोट्टनहामले इटालियन महारथी युभेन्ट्सलाई ३–२ गोलले हराएको छ । प्रिसिजनका लागि खेलिएको निकै प्रतिस्पर्धात्मक खेलमा टोट्टनहामको जितमा एरिक लामेला, लुकास मोउरा र ह्यारी केनले एक एक गोल गरे । युभेन्ट्सका गोन्जालो हिगुइन र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

रोचक खेलमा टोट्टनहामका लामेलाले ३१औं मिनेटमा खाता खोलेका थिए । ५६औं मिनेटमा हिगुइनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अगाडी बढाए । त्यसपछि ६५औं मिनेटमा टोट्टनहामका मोउराले गोल गर्दै खेललाई बराबरीमा लगे । दोस्रो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोट्टनहामको जित पक्का बनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप