बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अब नेकपाका यी नेतृत्वले हाँक्नेछन् जिल्ला

यस्तो बन्यो नेकपाको जिल्ला हाक्ने नेतृत्वको तस्बिर
सोमबार, ०६ साउन २०७६, १६ : ०६
सोमबार, ०६ साउन २०७६

काठमाडौँ– आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सबै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्यायो । बैठकले भूगोलका ७७ जिल्ला र जिल्ला कमिटी सरहका ६ महानगरपालिका गरी ८३ जिल्ला कमिटीमा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । यसअघि नेकपाले वैशाख ९ गते जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्ग्याएको थियो । जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गिएसँगै अधिकांश जिल्ला कमिटी गठन भइसकेका छन् । आइतबारको बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्जको नाम टुङ््ग्याएसँगै अब नेकपाको जिल्ला तहका कमिटीको एकीकरणले पनि पूर्णता पाएको छ ।

यस्तो बन्यो नेकपाको जिल्ला हाँक्ने नेतृत्वको तस्बिर

यस्तो देखियो पूर्वसमूहका आधारमा जिल्लाको शक्ति सन्तुलन 

नेकपाले साङ्गठनिक एकीकरण टुङ्ग्याउँदा पूर्वसमूहका आधारमा टुङ्ग्याएको छ । केन्द्रदेखि गाउँ तहसम्मका पार्टी कमिटी भागबन्डाको आधारमा टुङ्गिएको छ । पूर्वसमूहगत भागवन्डाका आधारमा यस्तो देखियो जिल्लाको शक्ति सन्तुलन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप