शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरानो गाडी परिवर्तन गर्ने हो ? विद्युतीय एसयूभी एमजी जेडएसको प्रिबुकिङ शुरु

सोमबार, ०६ साउन २०७६, २० : ०४
सोमबार, ०६ साउन २०७६

काठमाडौं– नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडीका लागि प्रिबुकिङको घोषणा गरेको छ ।

यो नयाँ विद्युतीय एसयूभीमा सुरक्षालाई मध्यनजर गर्दै ६ वटा एयरब्यागहरु राखिएको छ, प्रिमियम विशालदर्शी सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु पनि रहेका छन् । यसमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेका छन् जसले गर्दा डाइभरहरुले इच्छा अनुसारको मोडहरु प्रयोग गर्न सक्नेछन् ।

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।  

नयाँ एसयूभी एमजी जेडएसको शुरुवाती मूल्य ४९,९९,००० रहेको छ र यस मुल्यमा ७ कि.वा. एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ । ग्राहकहरुले रु १ लाख डिपोजिट गरेर आफ्नो लोकप्रिय गाडी प्रिअर्डर गर्न र रिजर्भ गर्न सक्नेछन् । यो विद्युतीय गाडी ग्राहकहरुलाई नेपालमा सेप्टेम्बरदेखि वितरण गरिनेछ ।

यो जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ । पुरानो गाडी परिवर्तन गर्ने हो भने एमजी जेडएस गाडी बुक गर्न सकिने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप