केन्द्रीय संस्करण
अन्तरवार्ता

'उत्पादन धेरै तर सीपयुक्त नर्सको सङ्ख्या कम भयो'

'नर्सिङ अध्ययनका लागि न्यूनतम योग्यता एसईईमा सी ग्रेड होइन बी प्लस बनाउनुपर्छ'

person explore access_timeसाउन ७, २०७६ chat_bubble_outline4

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका अतुलनीय हुन्छ तर स्वास्थ्य क्षेत्रमा अझैसम्म पनि नर्सिङ पेसालाई हेर्ने दृष्टिकोण सम्मानजनक रहन सकेको देखिँदैन । नर्सको भूमिकालाई न्यूनीकरण गरेर सुसारेको रूपमा हेर्ने र सोहीअनुरूपको व्यवहार गर्ने दृष्टिकोणमा अझै ठोस परिवर्तन आउन सकेको पाइँदैन । खासगरी  एउटा बिरामीको उपचार प्रक्रियामा चिकित्सकको जति महत्त्व नर्सको पनि हुन्छ भन्ने कुरा अझै स्थापित हुन सकेको छैन ।

अर्कोतिर,  नेपालमा हुने नर्सिङको पढाइको गुणस्तर खस्कँदै जानु र प्रत्येक वर्ष नर्सको रिजल्ट पनि अधोगतितिर जानु चिन्ताजनक स्थिति विद्यमान देखिन्छ । गत असारमा नर्सिङ काउन्सिलले लिएको परीक्षामा ६५ प्रतिशत नर्स फेल भएको घटनाले पनि नेपालको नर्सिङ अध्ययनमाथि प्रश्न उठिरहेको छ । यिनै पृष्ठभूमिमा नेपालको समग्र नर्सको अवस्था,  सरकारले नर्सप्रति गरेको व्यवहार, स्वास्थ्य क्षेत्रमा नर्सको भूमिका, खस्कँदो रिजल्ट र नर्सिङ महाशाखाको भूमिकाको बारेमा नर्सिङ महाशाखा प्रमुख रोशनी तुइतुईसँग रातोपाटीका लागि अन्जु तामाङले कुराकानी गरेका छन् ।

नेपालको नर्सिङ क्षेत्रको समग्र अवस्था के हो ? यसमा तपार्इंको विश्लेषण सुनौँ न !

स्वास्थ्य क्षेत्रको टिमवर्कभित्र नर्सिङ क्षेत्र पनि पर्छ । टिमवर्कमा स्वास्थ्यको ५ वटा क्षेत्र रहेका छन् । ती ५ वटै स्वास्थ्य सेवामा नर्सले सेवा प्रदान गर्नुपर्छ । यसका लागि हेल्थपोस्टदेखि ‘टरसरी’ (अन्यत्र उपचार हुन नसकेर रेफर गरी बिरामी ल्याइने) अस्पतालसम्ममा पनि नर्सले सेवा प्रदान गर्नुपर्ने हुन्छ ।

नर्सिङ सेवा पनि विभिन्न तहका छन् । विभिन्न विषयगत काम गर्ने जस्तो ओटीमा, इर्मेजेन्सी, आईसीयू, सीसीयू काम गर्ने नर्सहरु रहेका छन् ।

अहिलेसम्म ८७ हजार नर्स दर्ता भएको नेपाल नर्सिङ काउन्सिलको रेकर्डमा देखाएको छ । त्यसमा अहिलेसम्मका सबै नर्सहरुको रेकर्ड आउँछ । तर तीमध्ये कतिको निधन भइसकेका होला, कति  नर्सिङ पेसा छाडेर अर्काे पेसामा पनि लाग्नुभएको होला । कोही विदेश जानुभएको होला । त्यस्ता कुरालाई नघटाई आएको तथ्याङ्क हो त्यो । जेहोस्, उहाँहरुले नेपालको स्वास्थ्य सेवाको पाँचैवटा पक्षमा सेवा दिइरहनुभएको छ ।

अहिले देशभरको नर्सिङ क्षेत्रको नेतृत्व सरकारको तर्फबाट तपाईंले गरिरहनुभएको छ । हाल नर्सिङको क्षेत्रमा के—के काम भइरहेका छन् ?

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा ०७५ साल साउन ३ गतेदेखि सुरु भएको हो । महाशाखाअन्तर्गत ३ वटा शाखाको जिम्मेवारी छ । त्यसमा नर्सिङ क्षमता विकास, ज्येष्ठ नागरिकहरुको औषधि उपचारको मुख्य समन्वय र सामाजिक स्वास्थ्य सुरक्षा शाखा रहेका छन् । अहिले हाम्रो जिम्मामा विपन्न नागरिक औषधि उपचार, सामाजिक सेवा इकाई र स्वास्थ्य स्वयंसेविकाको व्यवस्थापन लगायका विषयहरु परेका छन् । यो शाखाहरु सङ्घीय सरकारअन्तर्गत भएको हुँदा हामीले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्नुपर्ने हुन्छ ।

काउन्सिलको तथ्याङ्कअनुसार नेपालमा ८७ हजार नर्सहरु छन्,  कति विदेशमा छन्, कतिको निधन भयो, कतिले यो पेसा नै छाडे, त्यसको लेखाजोखा त छैन । नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आवश्यक नर्सको सङ्ख्या चाहिँ कति हो ?

नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि कति नर्स चाहिन्छ भन्ने कुराको प्रक्षेपण गर्नुपर्ने छ । आजको दिनसम्म वैज्ञानिक रूपमा प्रक्षेपण गरिएको छैन ।

******

नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि कति नर्स चाहिन्छ भन्ने कुराको प्रक्षेपण गर्नुपर्ने छ । आजको दिनसम्म वैज्ञानिक रूपमा प्रक्षेपण गरिएको छैन ।

******

अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ह्युमन रिसर्च फर हेल्थ स्टाटेजी वर्क म्याप सन् २०२०—२०३० बनाउँदैछ । सन् २०२० देखि २०३० सम्ममा कुन तहका स्वास्थ्यकर्मीहरु कति चाहिन्छ र कति खाली छ भन्ने विषयमा अहिले काम भइरहेको छ । नेपाल सरकारसँग कति स्वास्थ्यकर्मी छ, कति चाहिन्छ र निजी क्षेत्रमा कति चाहिन्छ भन्ने कुरा एउटा आधार तयार भइसकेपछि मात्रै स्पष्ट जवाफ आउँछ ।

८७ हजारले पुग्छ या पुग्दैन या यो सङ्ख्या बढी छ भन्ने कुरा त्यो समयमा मात्रै जानकारी हुन्छ । अहिले उत्पादन भएको नर्स सङ्ख्याको कुरा गर्ने हो भने चाहिनेभन्दा बढी उत्पादन भएको माथेमा रिपोर्टले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मापदण्ड स्वीकृत गरिसकेको  छ । न्यूनतम सेवा मापदण्डमा विभिन्न स्वास्थ्य संस्थाले न्यूनतम प्रदान गर्ने स्वास्थ्य सेवाको मापदण्ड बनाइएको छ ।

स्वास्थ्य सेवा प्रदान गर्नका लागि सामान, इन्फ्राइस्ट्रक्चर, उपकरण र जनशक्तिको आवश्यकता हुन्छ । न्यूनतम सेवा मापदण्डभित्र जनशक्ति व्यवस्थापनमा सेवाको प्रकृतिको आधारमा कुरा गरिएको छ । बेडभन्दा पनि नर्सले प्रदान गर्ने सेवाको आधारमा न्यूनतम सेवा मापदण्डमा कुरा गरिएको छ । जस्तै जेनेरल वार्डमा बेडको आधारमा राखिएको छ भने अन्य क्षेत्रमा सेवाको प्रकृतिको आधारमा ।

******

हेल्थपोस्ट, प्राइमेरी अस्पताल, सेकेन्डरी अस्पताल,  टरसरी अस्पतालमा कति जनशक्ति चाहिन्छ भनेर हामीले प्रक्षेपण गर्दा नेपाल सरकारभित्रको स्वास्थ्य संस्थामा मात्रै ३४ हजार नर्स चाहिने रहेछ ।

******

हेल्थपोस्ट, प्राइमेरी अस्पताल, सेकेन्डरी अस्पताल,  टरसरी अस्पतालमा कति जनशक्ति चाहिन्छ भनेर हामीले प्रक्षेपण गर्दा नेपाल सरकारभित्रको स्वास्थ्य संस्थामा मात्रै ३४ हजार नर्स चाहिने रहेछ । नेपाल सरकारको स्वास्थ्य संस्थाको पूर्वाधारको आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यो आधारमा हेल्थपोस्ट क, ख, ग, घ हुने, प्रत्येक पालिकामा प्राइमेरी अस्पताल हुने,  सेकेन्डरी क र ख र टरसरी अस्पतालको आधारमा विभिन्न क्षेत्र र एसियामा नेपालमा ३४ हजार नर्स चाहिने नर्सिङ महाशाखाले प्रक्षेपण गरेको छ ।

यो आधारमा नर्स राख्ने हो भने सरकारीभन्दा निजीमा धेरै नर्सहरु आवश्यक हुने देखिन्छ ।

नर्स भनेको अस्पतालभित्र मात्रै होइन, प्रतिकारात्मक र प्रवद्र्धनात्मक रूपमा पनि लाग्नुपर्ने देखिन्छ । जुन मुख्यतया विद्यालय, समुदाय, कलकारखाना उद्योग र घरघरमा स्वास्थ्य सेवा भन्ने कुरा आइरहेको छ । यो क्षेत्रमा पनि नर्सलाई प्रयोग गर्ने हो भने अहिले उत्पादन भएका सबै नर्सले रोजगारी पाउने छन् ।

अहिले प्रदेश नं. ३ र प्रदेश नं. १ ले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघिसारेको छ ।  एक विद्यालय एक नर्सभन्दा पनि प्रत्येक विद्यालयमा नर्सले स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ भन्ने हाम्रो कुरा हो । नेपाल सरकारअन्तर्गत ३६ हजार विद्यालय छन् । सबै विद्यालयमा एकजना नर्स नै चाहिन्छ भन्ने छैन । कुनै विद्यालयमा विद्यार्थीको सङ्ख्या कम छन् भने दुईदेखि ३ वटा विद्यालयमा एक नर्स राख्ने, धेरै विद्यार्थी भएको विद्यालयमा भने एकभन्दा धेरै नर्स राख्नुपर्ने हुन्छ । अहिले विद्यालयमा ३६ हजारकै हाराहारीमा नर्स चाहिने हुन्छ ।

******

नेपाल सरकारअन्तर्गत ३६ हजार विद्यालय छन् । सबै विद्यालयमा एक जना नर्स नै चाहिन्छ भन्ने छैन । कुनै विद्यालयमा विद्यार्थीको सङ्ख्या कम छन् भने दुईदेखि ३ वटा विद्यालयमा एक नर्स राख्ने, धेरै विद्यार्थी भएको विद्यालयमा भने एकभन्दा धेरै नर्स राख्नुपर्ने हुन्छ ।

******

निजी विद्यालयमा पनि नर्स राख्नुपर्ने आवश्यक छ । निजी र सरकारी दुवै क्षेत्रमा नर्स राख्ने हो भने हाल उत्पादन भएको नर्सहरुले रोजगारी पाउने छन् ।

नर्सलाई विद्यालयमा प्रयोग गर्नका लागि नेपाल सरकारको दरबन्दीअनुसार सेवा सुविधा दिनुपर्यो । दरबन्दीबिना त सेवा दिन मिल्दैन । यो सबै कुरालाई ध्यानमा राखेर स्वास्थ्य सेवा प्रदान गर्ने हो भने ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच’ पुर्याउने सरकारको २०–३० को लक्ष्यलाई पूरा गर्न सक्छौँ । तर यो काम आजैका दिनबाट सुरु गर्नुपर्छ । अब हामीसँग मात्रै ११ वर्ष बाँकी छ । स्वास्थ्य क्षेत्र भनेको अहिले काम गरेर अहिले रिजल्ट आउने क्षेत्र होइन, जसको लागि केही वर्ष मिहिनत गर्नु नै पर्छ ।

स्वास्थ्य क्षेत्रको उदाहरण हेर्ने हो भने भुटान, माल्दिभ्स, श्रीलङ्का जस्ता देशहरुलाई हेर्दा पनि थाहा हुन्छ । साना देश भए पनि त्यहाँ स्वास्थ्य र शिक्षामा राम्रो विकास भएको छ ।

सरकारी स्वास्थ्य संस्थामा हाल कति नर्स आबद्ध छन् ?

समायोजनमा नर्सिङको चौथोदेखि एघारौँ तहसम्मको नर्सहरु रहेका छन् । चौथो तहको नर्सहरुको सङ्ख्या ८ हजार ३ सय १६, पब्लिक हेल्थ नर्स ५६ जना, स्टाफ नर्स १ हजार ५ सय ४५ छन् । नर्सिङ अधिकृतको हकमा कम्युनिटी र जनरल हुन्छ । कम्युनिटी नर्सिङ अधिकृतमा १४ जना, जनरल नर्सिङ अधिकृति १०१ जना, नर्सिङ प्रशासक नवौँ—दशौँ तहको कम्युनिटी नर्सिङ प्रशासक १, जनरल नर्सिङ प्रशासक १४ जना र एघारौँ तहको ५ जना छन् । यो सङ्ख्या दरबन्दी भन्दा एकदमै कम हो ।

******

वि.सं. २०५० सालको दरबन्दीअनुसार चल्नुपरेको छ । त्यो बेलाको जनसङ्ख्या कम स्वास्थ्य समस्या पनि कम । आजको दिनमा जनसङ्ख्या तीन गुणा बढी छन् स्वास्थ्य समस्या पनि बढी छन् । तर सेवा प्रदान गर्ने नर्सहरुको दरबन्दी चाहिँ एक जना पनि थपिएको छैन ।

******

एक त दरबन्दी भएकै छैन । वि.सं. २०५० सालको दरबन्दीअनुसार चल्नुपरेको छ । त्यो बेलाको जनसङ्ख्या कम स्वास्थ्य समस्या पनि कम । आजको दिनमा जनसङ्ख्या तीनगुणा बढी छन् स्वास्थ्य समस्या पनि बढी छन् । तर सेवा प्रदान गर्ने नर्सहरुको दरबन्दी चाहिँ एक जना पनि थपिएको छैन ।

त्यो बेलामा दरबन्दी बेड सङ्ख्याको आधारमा राखिएको थियो भने अहिले त रोगको आधारमा राख्नुपर्ने देखिन्छ ।

हामी आफै आईसीयूमा एक जना नर्सले एकजना बिरामी हेर्नुपर्छ भन्छौँ तर कान्ति अस्पतालकै आईसीयूको कुरा गर्ने हो भने दुई जना नर्सले ५२ जना बिरामी हेर्नुपर्ने अवस्था छ । गुणस्तरीय स्वास्थ्य सेवाको बारेमा हाम्रो अवस्थाबारे हामीले यही कुराबाट पनि अनुमान गर्न सक्छौँ ।

नर्सहरुले बिरामी र आफन्तलाई गर्ने व्यवहारमा यसले समस्या त पार्छ नि हैन ? 

हो, बिरामी मात्रै होइन, बिरामीको आफन्तलाई पनि रोगको बारेमा राम्रोसँग जानकारी गराउनुपर्छ,  समयमा औषधि दिनुपर्छ । यो काम गर्ने जिम्मा नर्सको काँधमै आउँछ । यसबारेमा नर्स आफैलाई पनि जानकारी छ तर थोरै जनशक्तिले त्यति धेरै सङ्ख्यालाई सेवा प्रदान गर्दा बोल्न पनि फुर्सद हुँदैन । नर्सलाई त्यसबारेमा आवश्यक जानकारी हुँदाहुँदै पनि समय र जनशक्ति अभावले यो सबै काम गर्न सकेको हुँदैन ।  

प्रभावकारी सेवा प्रदानका लागि अथवा बिरामी र नर्स अनुपात मिलाउन अझै कति समय लाग्छ ?

हामी सङ्घीयतामा छौँ । यस अवस्थामा बिरामी र नर्सको रेसियो अनुसार स्वास्थ्य सेवा प्रदान गर्न अहिले सरकारलाई ठूलो मौका छ किनभने अहिले स्थानीय तहको जिम्मामा आधारभूत स्वास्थ्य सेवा र सरसफाइसम्बन्धी सेवा परेको छ । हाम्रो जनस्वास्थ्य सेवा ऐन, २०७५ साल असोज २ गतेबाट लागू भइसकेको छ । जनस्वास्थ्य सेवा ऐनअनुसार नै पनि नागरिकले आधारभूत स्वास्थ्य सेवा पाएन भने राज्यविरुद्ध मुद्दा हाल्न पाउँछ किनभने संविधानको धारा (३५) मा आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सबै नागरिकको रहेको छ । त्यो हकअनुसार सेवा पाएन भने नागरिकले मुद्दा हाल्न पाउँछन् ।

राज्यले आफ्नो दायित्व पूरा गर्न पर्याप्त स्वास्थ्य संस्था हुनुपर्यो, सामान, औषधिलगायत सबै अत्यावश्यक पूर्वाधारहरु हुनुपर्यो र त्यसलाई राम्रोसँग प्रयोग गर्न सक्ने दक्ष जनशक्ति पनि हुनुपर्छ ।  अहिले ३ तहको सरकार भएको हुँदा आधारभूत स्वास्थ्य सेवाका लागि स्थानीय सरकार, अन्य स्वास्थ्य सेवाका लागि प्रदेश सरकार र सङ्घ अन्तर्गतका काम सङ्घले गर्ने हो भने गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सकिन्छ । तर दत्तचित्त भएर लाग्नुपर्यो अर्थात् स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्यो । अहिले धेरैजसो लगानी बाटो र माटोमा भएको छ । स्वास्थ्यको क्षेत्रमा पनि लगानी उतिकै आवश्यक छ  । स्वास्थ्यमा खर्च होइन, लगानी गर्ने हो । त्यो लगानीले भोलि ठूलो प्रतिफल आउँछ । 

नर्सिङ काउन्सिलले केही दिन पहिला लिएको परीक्षामा ३५ प्रतिशत मात्रै नर्स पास भए, यो रिजल्टले देखाएको दयनीय अवस्थाप्रति तपाईं के भन्नुहुन्छ ? रिजल्ट खस्कनुको कारण के होला ?

मैले २०५४ सालमा नर्सिङ सकेर आउँदा फाइनल परीक्षामा पनि को—को कहाँ काम गर्ने भन्ने विषयमा अस्पतालले नै भन्ने गथ्र्याे । शिक्षकहरुले पनि कुन विद्यार्थीको क्षमता कस्तो छ भन्ने कुराको बारेमा जानकारी गराएपछि त्यही समयमा नै कामको पक्का हुन्थ्यो । त्यो समयमा कम उत्पादन तर राम्रो उत्पादन हुन्थ्यो । तर अहिले समस्या के हो भने उत्पादन धेरै तरसीपयुक्त नर्सको सङ्ख्या कम भयो । छैन त भन्दिनँ तर अलि कम भयो । त्यसका लागि एकदमै राम्रो पाठ्यक्रम छ । त्यो पाठ्यक्रमअनुसार पूर्ण रूपमा पूरा गर्नुपर्यो । हामीले अध्ययन गर्ने समयमा पाठ्यक्रमभन्दा धेरै सिकेका हुन्छौँ ।  तर अहिलेको नर्सको कुरा गर्नुपर्दा अध्ययनमा राम्रो छ अभ्यासमा कमजोर देखियो । अब म नर्सिङ महाशाखाको प्रमुखले भन्दा यो कुरालाई सकारात्मक रूपमा सोच्नु होला । उपचारमा प्रयोग हुने ३ थरी ट्युब हुन्छ । नाक, मुखमा र पिसाबथैलीमा राख्ने फरक फरक ट्युब हुन्छन् । तर अहिले नर्सहरुले यो ट्युब नै छुट्याउन नसक्ने उत्पादन भए । यस्ता कुराले स्वास्थ्य सेवा कता जान्छ भन्ने कुरा हो ।

******

अहिलेको नर्सको कुरा गर्नुपर्दा अध्ययनमा राम्रो छ अभ्यासमा कमजोर देखियो । उदाहरणका लागि उपचारमा प्रयोग हुने ट्युबहरुमा नाक, मुखमा र पिसाबथैलीमा राख्ने तीनथरी फरक फरक ट्युब हुन्छन् । तर अहिले नर्सहरुले यो ट्युब नै छुट्याउन नसक्ने उत्पादन भए ।

******

वि.सं. ०५० सम्मको कुरा गर्ने हो भने एसईई (एसएलसी) मा पहिलो डिभिजन आउनुपथ्र्याे । वि.स २०५० सालपछि प्रवेश परीक्षा प्रणाली अपनाइयो । सो समयमा ६५ प्रतिशतभन्दा कम आउने नामै निकाल्न सक्दैन थिए । फलतः एकदमै राम्रा नर्सहरु उत्पादन हुन्थे । अर्थात् सुरुवातदेखि नै राम्रो विद्यार्थीको छनोट हुन्थ्यो । कलेजमा अध्ययन गराउने पनि एकदमै राम्रो क्षमता शिक्षक हुन्थे । त्यो समयमा ८ देखि १० वटा मात्रै कलेज थिए । विद्यार्थी राम्रो, शिक्षक राम्रो, अस्पताल राम्रो हुँदा उत्पादन भएका नर्स पनि एकदमै राम्रा हुन्थे ।

जब वि.स २०५२–०५३ बाट नर्सिङ अध्यापनमा निजी क्षेत्रको सहभागिता भएपछि सुरु सुरुको ४ वर्षसम्म त नतिजा राम्रो थियो । तर कलेजहरु राम्रो उत्पादनभन्दा पनि नाफा केन्द्रित हुनथालेपछि समस्या आउन थाल्यो ।

******

मैले यो विद्यार्थीबाट यति कमाउँछु भन्दा पनि हामीले उत्पादन गरेको नर्सले भोलि मलाई पनि सेवा दिन्छन्, तिनैबाट उपचार सहयोग लिनुपर्छ भन्ने पक्षमा पनि सोच्नु पर्छ ।  तर अहिले त्यसतर्फ ध्यान दिने काम कम भएको छ ।

******

स्वास्थ्यकर्मी भनेको नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यस्ता व्यक्तिलाई अध्ययन गराउँदा मैले यो विद्यार्थीबाट यति कमाउँछुभन्दा पनि हामीले उत्पादन गरेको नर्सले भोलि मलाई पनि सेवा दिन्छन्, तिनैबाट उपचार सहयोग लिनुपर्छ भन्ने पक्षमा पनि सोच्नुपर्छ ।  तर अहिले त्यसतर्फ ध्यान दिने काम कम भएको छ । यस्ता कुराले गर्दा अहिले नर्सिङ अध्ययन र त्यसबाट उत्पादन हुने नर्सहरुको गुणस्तरमा अलिकति समस्या आएको छ ।

यसलाई सच्याउन के पहल भएको छ ?

यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि पहल गरेको थियो । वि.स २०७२ मा आफ्नै अस्पताल नभएसम्म कलेज खोल्न नपाउने प्रावधानलाई अघि सारेको थियो । त्यो कार्यान्वयनका लागि ३ वर्षको समयसीमा पनि दिएको थियो । तोकेको समय सीमाभित्र कतिले बनाए, कतिले चाहिँ बनाएनन् ।

नर्सिङ पढाइमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको बीच तालमेल हुँदैन । त्यसले पनि समस्या आएको हो भनिन्छ नि !

बुझ्नुपर्ने कुरा के हो भने नर्सहरुले अभ्यास वा ज्ञान सीपको प्रयोग गर्ने ठाउँ अस्पताल मात्रै होइन । त्यो ठाउँ भनेको त बिरामी हो । अहिले के भएको छ भने बेड सङ्ख्याको आधारमा नर्सको कोटा तोकियो । तर कुनै अस्पतालमा सय बेड पनि हुन्छ तर बिरामी चाहिँ २ देखि ३ जना मात्रै हुन्छन् । त्यो नर्सले बेडलाई उपचार गर्ने त होइन, अनि कसरी अभ्यास गर्छ ? फेरि नर्सिङ कलेजको आफ्नो अस्पताल छैन । अरूको अस्पतालमा जतिखेर बोलाउँछ, त्यतिबेला जानुपर्यो । ३ घण्टा पढाइ,  डमीमा अभ्यास गरेपछि, आधारभूत ज्ञान, क्षमता र आत्मविश्वास विकास भएपछि मात्रै बिरामीसँग ६ घण्टा पठाइन्छ । तर अहिले ५ देखि ६ महिना पढाउने अनि एकै पटक अस्पताल पठाउने गरिन्छ । यसो गर्दा विद्यार्थीमा अभ्यास गर्न सक्ने क्षमता छ छैन भन्ने विषयलाई ख्याल गरिन्न । ३ घण्टा पढाइ, ३ घण्टा प्राक्टिकल ६ देखि ८ हप्तासम्म गरिन्छ । त्यतिबेलासम्म बिरामीसँग पनि कुरा गर्ने सीप पनि विकास भइसकेको हुन्छ । अनि बल्ल अभ्यासमा लगिन्छ । त्यसरी गरिने प्रयोगात्मक अभ्यास परीक्षामा पास हुने हुन्छन्, नहुनेले फेरि दोहोर्याएर गर्नुपर्ने हुन्छ । यो गुणस्तरको कुरालाई ख्याल गर्नु र अभ्यासमा लागू गरिनुपर्ने हो ।

******

पहिला नर्सिङ अध्ययनका लागि कोसिस गर्ने अनि नभएको खण्डमा अन्य विषय रोज्ने भन्ने कुरा हुन्थ्यो । तर बिडम्बनाको कुरा अहिले अरूतिर छानिएन भने नर्सिङ अध्ययनका लागि जाने भन्ने कुरा हुन्छ । त्यसैले एसईईमा सी ग्रेड होइन नर्सिङ अध्ययनका लागि कम्तीमा पनि बी प्लस बनाउनुपर्छ ।

******

तर अहिले व्यवसायमुखी भएको हुँदा शिक्षकहरुले जवाफ दिनुपर्ने हुन्छ । विद्यार्थी सेलेक्टीभ होइनन् कलेक्टीभ आईदिए । केही समय पहिलाको कुरा गर्ने हो भने पहिला नर्सिङ अध्ययनका लागि कोसिस गर्ने अनि नभएको खण्डमा अन्य विषय रोज्ने भन्ने कुरा हुन्थ्यो । तर बिडम्बनाको कुरा, अहिले अरुतिर छानिएन भने नर्सिङ अध्ययनका लागि जाने भन्ने कुरा हुन्छ । त्यसैले एसईईमा सी ग्रेड होइन नर्सिङ अध्ययनका लागि कम्तीमा पनि बी प्लस बनाउनुपर्छ ।

मैले वीरमा नर्सिङको अध्ययन गराउँदा कतिपय शिक्षकलाई नै मुखबाट पाइप राखेर खुवाउने प्रक्रिया नआएको देखेको छु । यस्ता कुरा शिक्षकले विद्यार्थीलाई हात समाएर सिकाउनुपर्छ । जब शिक्षकलाई नै सिकाउन आउँदैन भने कसरी सिक्ने विद्यार्थीले ? ३ वर्ष समय पनि सकियो, पैसा पनि सकियो । सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, दुवैमा असफल ।

******

मैले वीरमा नर्सिङको अध्ययन गराउँदा कतिपय शिक्षकलाई नै मुखबाट पाइप राखेर खुवाउने प्रक्रिया नआएको देखेको छु ।

******

नाक, मुख, पिसाबथैलीमा राख्ने ३ वटा ट्युब नै छुट्याउन सकेन भने पिसाब थैलीमा राख्ने ट्युब नाकमा राख्यो भने के हुन्छ ? यो सामान्य कुरा छुट्याउन त व्यावहारिक ज्ञान नै हुनुपर्छ । यति गर्यो भने ६५ प्रतिशत जुन फेलको कुरा आइरहेको छ सुरुवातमै छनोट राम्रो भयो भने १०० प्रतिशत पास हुन्छन् । किनभने हाम्रो सुरुको मुहानदेखि नै सेलेक्सन राम्रो, कलेज राम्रो र शिक्षक राम्रो हुने भने १०० प्रतिशत नै पास हुन्छन् ।

त्यसो त फेल हुनेहरुमा पनि नेपालमा अध्ययन गरेको भन्दा बाहिरबाट अध्ययन गर्नेको सङ्ख्या धेरै छ । बाहिर पनि धेरै ठाउँमा अध्ययन राम्रो छ । तर भारतबाट अध्ययन गरेर आउँनेहरुमा व्यावहारिक ज्ञानको अभाव देखिन्छ । केही समय पहिला नर्सिङको रिजल्टको कुरा गर्ने हो भने नयाँभन्दा पनि पुराना व्यक्ति धेरै फेल भएको पायौँ । एक जना त २१ पटकसम्म पनि फेल भएको भेटेका थियौँ ।

त्यसैले अब काउन्सिलले लाइसेन्स लिने कुरामा अलि कडा नियन्त्रण गर्नु नै पर्छ । अहिलेसम्म लाइसेन्स परीक्षा सैद्धान्तिक ज्ञानमा केन्द्रित छ । त्यो पनि ५० प्रतिशतमा पास हुने हो । तर काउन्सिलले परीक्षा लिँदा सैद्धान्तिक मात्रै हैन, व्यावहारिक ज्ञानको समेत परीक्षा लिने प्रणालीमा जानुपर्छ ।

त्यस्ता उत्पादन भएका नर्सले दिएको स्वास्थ्य सेवा कतिको गुणस्तर छ भन्ने ?

लाइसेन्स प्राप्त गरेको नर्सले दिएको सेवा गुणस्तरहीन नै छ त भन्न मिल्दैन । लाइसेन्स पाउनु भनेकै ऊ गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्ने योग्य व्यक्ति हो भन्ने कुरा बुझ्नुपर्छ ।

एकातिर स्वास्थ्य क्षेत्रमा कर्मचारीको अभाव हुने अर्कोतिर चाहिँ कामको खोजीमा बर्सेनि नर्सहरु विदेशिने क्रम चल्छ । के नर्सहरुलाई नेपालमा नै रोगजारीको व्यवस्था गर्न सकिन्न र ?

पक्कै सकिन्छ । मैले माथि पनि भनेँ, हेल्थपोस्टदेखि टरसरी लेबलको अस्पतालसम्म मापदण्डअनुसार नर्स राख्ने हो भने सरकारलाई मात्रै ३४ हजार नर्स चाहिन्छ । फेरि स्वास्थ्य सेवा त निजी क्षेत्रले पनि दिएको छ । सरकारले मापदण्डअुनसार नर्स राख्ने हो भने सरकारलाई आवश्यक ३४ हजारको दोब्बर सङ्ख्यामा निजी क्षेत्रलाई नर्सहरु चाहिन्छ । यो हिसाबले अगाडि बढ्दा नेपालमा उत्पादन भएको नर्सहरु जति अहिले विदेश गएका छन् त्यो धेरै सङ्ख्यालाई नेपालमै रोजगारी उपलब्ध गराउन सकिन्छ ।

******

सरकारले मापदण्डअुनसार नर्स राख्ने हो भने सरकारलाई आवश्यक ३४ हजारको दोब्बर सङ्ख्यामा निजी क्षेत्रलाई नर्सहरु चाहिन्छ । यो हिसाबले अगाडि बढ्दा नेपालमा उत्पादन भएको नर्सहरु जति अहिले विदेश गएका छन् त्यो धेरै सङ्ख्यालाई नेपालमै रोजगारी उपलब्ध गराउन सकिन्छ ।

******

तपाईं स्वयं पनि कुनै बेला प्राध्यापन पेसामा हुनुहुन्थ्यो । अहिले नेपालको नर्सिङको पढाइको कुरा गर्दा दक्षता, क्षमता र अनुभवभन्दा पनि भनसुन र पदाधिकारी ÷राजनीतिक पार्टीसँगको पहुँचका आधारमा पढाउन आउने प्राध्यापकहरुले राम्ररी पढाउँदै नपढाउने कुरा चाहिँ त्यस्तो लाजमर्दाे नतिजा आउनुमा कतिको जिम्मेवार छ भन्ने ठान्नु हुन्छ ?

शिक्षकको कुरा गर्ने हो भने उहाँहरुले मूलतः राम्रोसँग अध्ययन गराउनुभएको छ । तर शिक्षकहरु आफै पनि अपडेट भइराख्नुपर्छ । नर्सिङ क्षेत्रका शिक्षकहरुले अन्य क्षेत्रको शिक्षकले जसरी नपढाउने भन्ने कुरा छैन । तर जुन हात समातेर सिकाउनुपर्ने व्यावहारिक ज्ञानको कुरामा भने कम भयो । अर्काे नेपाल नर्सिङ काउन्सिलले स्पष्ट रूपमा भनेको कुरा व्यावहारिक ज्ञान सिकाउनको लागि ८ जना विद्यार्थी बराबर एक जना शिक्षक चाहिन्छ । व्यावहारिक ज्ञान सिकाउनका लागि बिहानको समयमा जाँदा शिक्षक पनि सँगै हुन्छ तर दिउँसो र रातिको समयमा भने अस्पतालको स्टाफलाई हेर्नु भनेको हुन्छ । अहिले पढाउनेले  सैद्धान्तिक ज्ञान मात्रै पढाउने, अनि व्यावहारिक ज्ञान सिकाउनेले त्यही मात्रै अभ्यास गराउन काम भइरहेको छ । यसले गर्दा पढाएको कुरा र सिकाएको कुरामा तादम्यता र समन्वय कम भएको छ ।

******

नर्सिङ क्षेत्रका शिक्षकहरुले अन्य क्षेत्रको शिक्षकले जसरी नपढाउने भन्ने कुरा छैन । तर जुन हात समातेर सिकाउनुपर्ने व्यावहारिक ज्ञानको कुरामा भने कम भयो ।

******

यसका लागि के गरिनुपर्छ ?

पढाउने मान्छेले नै व्यावहारिक ज्ञान सिकाउने र व्यावहारिक ज्ञान सिकाउनेले नै पढाउने गर्नुपर्छ । त्यो भयो भने राम्रो समन्वय हुन्छ । त्यसो गर्दा सैद्धान्तिक कुरा पढाउनेले नै व्यावहारिक ज्ञान सिकाउँदा विद्यार्थीहरुलाई बुझ्न र सिक्न सजिलो हुन्छ ।

तर यो गर्दा एउटै व्यक्ति धेरै खट्नुपर्ने हुन्छ । सैद्धान्तिक र व्यावहारिक ज्ञान दुवै सिकाउँदा ६ घण्टा काम गर्नेले पनि त्यही तलब पाउने १० घण्टा खट्नेले पनि त्यही तलब पाउँदा समस्या हुन्छ । को कति खटेको छ, त्यो अनुसार तलब दिने हो भने पक्कै पनि समस्या कम आउथ्यो होला ।

नर्सिङ पेसामा हजारौँ जनाको आबद्धता र संलग्नता रहेको छ । यस पेसामा आउनका लागि नै अहिलेसम्म करोडौँ अर्बाैं रकम खर्च भइसकेको छन् । खर्चको तुलनामा त्यसले दिने प्रतिफल सन्तोषजनक छैन । नर्सहरुले अत्यन्तै न्यून रकममा काम गर्नुपरिरहेको गुनासो यस क्षेत्रमा आम रूपमै सुनिने गर्छ । यसबारे के भन्नु हुन्छ ?

सीटीईभीटीअन्तर्गत नर्सिङ अध्ययनका लागि अहिले ४ लाख ७५ हजार खर्च हुन्छ । त्यो भनेको देखिने खर्च मात्रै हुन् अन्य खर्च पनि उति नै हुन्छ । त्यो खर्च गरेर पढेपछि पहिलो कुरा त रोजगारी पाउनुपर्ने हो । भनेअनुसारको पारिश्रमिक पाउनुपर्ने हो । नेपाल सरकारले असार मसान्तसम्मको मितिमा एक जना स्टाफनर्सले २३ हजार ५ सय पाउनुपर्ने व्यवस्था गरेको थियो । सोही स्टाफ नर्सले साउन १ गते देखि २८ हजार २ सय पाउनु हुन्छ । स्टाफ नर्स भनेको नेपाल सरकारको पाचौँ तह हो ।

******

श्रम मन्त्रालयले पनि साउनदेखि नर्सहरुको तलब तोक्ने र नदिए कारबाही गर्ने कुरा गरेको छ । अब निजीमा पनि नर्सहरुले न्यूनतम तलब चाहिँ पाउनु हुन्छ र नर्सहरुले अझ उत्कृष्ट सेवा प्रदान गर्ने छन् भन्ने हामीलाई विश्वास छ ।

******

तलबको कुरा गर्नुपर्दा निजी क्षेत्रमा भने निकै समस्या छ । कतिपय निजी अस्पतालले श्रम मन्त्रालयले दिएको १४ हजार तलब दिँदै आइरहेका छन् । त्यो दक्षता भएका (अनस्किल्ड) कामदारका लागि तोकेको तलब हो । नर्स भनेको त दक्ष (स्किल्ड) हुन्छन् ।  श्रम मन्त्रालयले पनि साउनदेखि नर्सहरुको तलब तोक्ने र नदिए कारवाही गर्ने कुरा गरेको छ । अब निजीमा पनि नर्सहरुले न्यूनतम तलब चाहिँ पाउनु हुन्छ र नर्सहरुले अझ उत्कृष्ट सेवा प्रदान गर्ने छन् भन्ने हामीलाई विश्वास छ । निजीमा पनि सरकारले तोकेअनुसार नै तलब दिनुपर्छ ।

स्वास्थ्य क्षेत्रमा आधरभूत रूपमै महत्त्वपूर्ण स्थान रहेको, बिरामीको स्वास्थ्यलाभका लागि नभइनहुने नर्सिङ पेसाले चाहिँ तुलनात्मक रूपमा सम्मनजनक स्थान पाउन नसकेको, बिरामी, कुरुवा अन्य स्वास्थ्यकर्मीहरुलाई स्वयं राज्यले नै खासै सम्मान महत्त्व दिने गरेको कुरा पनि सुन्नमा आउँछ ?

एक दुई जनाको कुराले सबैलाई भन्न मिल्दैन । नर्सहरुलाई सम्मान छ । तर एकाध रूपमा नर्सहरुलाई समस्या चाहिँ भएको छ ।

ट्राफिक प्रहरीको एउटा भनाइ छ ‘जिब्रोको गरिमा मिठो बोलीमा’ हामीले जतिसुकै राम्रो काम गरे पनि बोली राम्रो भएन भने त्यो काम माइनसमा जान्छ ।

******

गुणस्तर कायम गर्न अब कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ अध्ययन गर्न पाउने प्रावधानको व्यवस्था गर्नुपर्ने अहिलको आवश्यकता हो । कक्षा १२ सकेर अध्ययन गर्दा व्यक्तिको उमेरसँगै धेरै कुरामा विकास हुने भएको हुँदा धेरै परिवर्तन हुन्छ ।

******

नर्स भनेको बिरामीसँग मात्रै होइन, बिरामीको कुरुवा र प्रतक्ष्य रूपमा अरू नागरिकसँग घुलमिल हुने हुन्छ । कति त नर्सहरु आफ्नै समस्याको कारणले पनि अलि झर्किने जस्ता केही समस्या देखिएको छ । तर नर्सिङ अध्ययनमा एसईईपछि जाने विद्यार्थीहरु हुने हुँदा उमेरमा पनि परिपक्व नहुँदा बोली व्यवहारमा परिपक्व नदेखिएको हो । तर त्यही व्यक्तिमा २, ३ वर्षपछि धेरै परिर्वतन आउँछ ।  गुणस्तरलाई कायम गर्नका लागि अब कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ अध्ययन गर्न पाउने प्रावधानको व्यवस्था गर्नुपर्ने अहिलको आवश्यकता हो । कक्षा १२ सकेर अध्ययन गर्दा व्यक्तिको उमेरसँगै धेरै कुरामा विकास हुने भएको हुँदा धेरै परिवर्तन हुन्छ ।

तपाईंको विचारमा नेपालको नर्सिङ क्षेत्रमा समग्र सुधारका लागि तत्कालै र दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरु के—के हुन् ?

सुधारका लागि नीति निर्माणदेखि प्रत्यक्ष रूपमा सेवा दिनेसम्मका काम रहेको छ । सबैभन्दा पहिला नीति निर्माणको कुरा छ । नर्सिङलाई अहिलेसम्म सम्मानजनक पेसाको रूपमा हेरिएको छैन । यस्ता कुरालाई नीति निर्माण तहदेखिनै लागू गर्नुपर्छ ।  ‘डाक्टर सेभ्स द लाइफ’ भन्दै आइरहेको तर म भन्छु ‘नर्स सेभ्स् द लाइफ’ भनिनुपर्छ किनकि डाक्टरले अप्रेसन गरेर छोडेपछि हरेक सेकेन्ड सेकेन्डमा बिरामीलाई हेर्ने काम नर्सको हुन्छ त्यसैले ‘नर्स सेभ्स् द लाइफ’ पनि भनिनुपर्छ । त्यो कुरा नीति निर्माणदेखि नै स्थापित गर्नुपर्छ ।

******

‘डाक्टर सेभ्स् द लाइफ’ भन्दै आइरहेको तर म भन्छु ‘नर्स सेभ्स् द लाइफ’ भनिनुपर्छ । किनकि डाक्टरले अप्रेसन गरेर छोडेपछि हरेक सेकेन्ड सेकेन्डमा बिरामीलाई हेर्ने काम नर्सको हुन्छ । त्यसैले ‘नर्स सेभ्स् द लाइफ’ पनि भनिनुपर्छ ।

******

सरकारले चिकित्सकलाई अर्बाैं खर्च गरेको छ । एम.बी.बी.एस, एम.डी. लगायत अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ तर नर्सका लागि छैन । स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने हो भने राज्यले डाक्टरलाई लगानी गरेजस्तै नर्सिङ सेवामा  पनि लगानी हुनुपर्यो । राज्यको लगानी चिकित्सक मात्रै हुनु भएन । किनकि हाम्रो स्वास्थ्य सेवा भनेको कुर्सीको ४ वटा खुट्टा हो । एउटा चिकित्सक, नर्स, औषधि र बिरामीदेखि अन्य कुरा हुन्छन् । यो ४ वटामध्ये एउटा मात्रै खुट्टा भाँच्चियो भने ब्यालेन्स हुँदैन । तर अहिले यो ४ वटामध्ये एउटालाई मात्र फोकस भइरहेको छ ।

******

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउने हो भने राज्यले डाक्टरलाई लगानी गरेजस्तै नर्सिङ सेवामा  पनि लगानी हुनुपर्यो । राज्यको लगानी चिकित्सक मात्रै हुनु भएन ।

*******

अन्य पक्षलाई पनि साथसाथै लिएर अगाडि बढ्नुपर्छ । अर्काे कुरा स्वास्थ्यको नीति निर्माणको हरेक कुरा आउँछ प्रत्येक स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउने भन्ने हुन्छ । तर चिकित्सक एक्लैले मात्रै स्वास्थ्य सेवा पूर्ण हुने केही होइन । उपचारका लागि त टिम चाहिन्छ । त्यो दृष्टिकोणबाट राज्यको लगानी हुनुपर्यो ।

 कुनै एउटा अप्रेसन गर्न चिकित्सकको भन्दा धेरै नर्सको हात हुन्छ । अप्रेसन तयारीदेखि, बिरामीलाई बेहोस बनाउने होसमा ल्याउने र निको नभएसम्म हरेक पल नर्सले ख्याल गरेको हुन्छ । तर यसबारे राज्यले खासै बोलेको, ध्यान दिएको छैन ।

एउटा उदाहरण दिन्छु, किड्नी ट्रान्सप्लान्ट नियमवलीमा पनि यति जना डाक्टर यति जना सर्जन भनिएको छ तर नर्सको बारेमा बोलेकै छैन । नीति निर्माण गर्ने व्यक्तिहरुले पनि नर्सको कुरालाई बोल्न आवश्यक छ ।

*****

अहिलेसम्म नर्सहरु ९५ प्रतिशत महिला नै रहेका छन् । यस अर्थमा नीति निर्माणको कुरामा नर्सको कुराहरु नउठाइनुमा पुरुषवाद हाबी भएको हो कि भन्ने पनि देखिन्छ ।

*****

अहिलेसम्म नर्सहरु ९५ प्रतिशत महिला नै रहेका छन् । यस अर्थमा नीति निर्माणको कुरामा नर्सको कुराहरु नउठाइनुमा पुरुषवाद हावी भएको हो कि भन्ने पनि देखिन्छ । अहिले पनि नीति निर्माण हरेक ठाउँमा नर्सको छलफल गर्दा म एक्लै भए पनि नर्सको कुरा उठाउँदै आइरहेको छु । जसले गर्दा अहिले देखिने गरेर नै नर्सका धेरै कुराहरु आइरहेका छन् । स्वास्थ्य सेवा भनेको टिमवर्क हो र टिमवर्कभित्र डाक्टर, नर्स, अन्य स्वास्थ्यकर्मी र सामान हो भन्ने बुझ्नु बुझाउनु आवश्यक भइसकेको छ ।

नर्सिङ महाशाखा नै लामो समयपछि बल्ल स्थापना भएको छ । आफूले पाएको जिम्मेवारीप्रति तपाईंको भनाइ के छ ? 

नर्सिङ महाखाशा भनेपछि नर्सको समस्या समाधान गर्ने भन्ने धेरैको बुझाइ छ । तर हामी त्यो जिम्मेवारीमा छैनौँ, अझै भनौँ, त्यो जिम्मेवारी नै दिइएको छैन । नर्सिङको समस्या समाधान गर्ने व्यवस्थापन गर्ने जिम्मा सबै कर्मचारी प्रशासनलाई दिएको छ । सरुवा, बढुवा कुनै पनि नियुक्ति यो महाशाखाबाट हुँदैन । हामीलाई क्षमता विकासको जिम्मा दिइएको छ । त्यो पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा पर्छ । हामीले अरू महाशाखासँग समन्वय गरेर नर्सिङको वृत्ति विकासका लागि पहल गरेका छौँ । नर्सको वृद्धि विकास रोक्न नपाइने कुरा गर्दै आइरहेका छौँ । सबै जिम्मेवारी नर्सिङ महाशाखामा हुनुपर्ने नर्सहरुको माग रहेको छ, तर हामीसँग सबै अधिकार छैन ।

कमेन्ट

  1. July 27, 2019, 5:46 p.m. Rekha Subba
    Dr.tui tui ko harek bhanaai ma tathyata ani satyata cha , sarkar le jasari Dr. Ko utpadan ma sahuliyat diyeko cha tyo nursing ma pani hun atyantai jaruri cha, ho aja kal ko nursing utpadan ma quality bhanda quentity lai bises jod gariyeko paaencha jasko parinaam haamra bhabi santan le bhognu parne cha.tyasaile sarkar ,sastha ra NNC le pani quality control lai madhyanazer raakhdai desh ma dakchya jansaakti ko utpadan ma dyan din jaruri cha
  2.  0 Reply
  3. July 23, 2019, 8:33 p.m. kalpana
    Quality assure garna kasla either teacher or students or institution?? 2-3 mahina engage vayako varma master ko certificate pahincha ani padauna uniharu..general subject ko teacher ..yo kasla hercha?? maila mangalore india padako vanda TU sewa ayaog hamri nursing ma'am ,Padhadikari haru la 2-3 Mahina ma master complete garnu vo vanu vo..yo bugna kasla??quality assurance kasri garna..jagir kayar nursing jo master certificate launa pani chan nepal ma..student ko kura garyo vana TU ko alli strict cha purbanchal ko kura garnai pardaina studenrs lai kasri practial exposure garahincha..hamro natabad ko system na hata samma ra kata mancha ko majority navaya samma kahi huncha jasto lagdaina..detoriating nursing profesion only...
  4.  0 Reply
  5. July 23, 2019, 3:01 p.m. Raj
    SEE scoring should not be the criteria to sit in any entrance exam who have passed SEE and have interest to sit in entrance should be allowed for any subject. Any one who have bad scoring or good scoring in her / his previous exams can be different in entrance exam. No one should be discouraged because of her / his low grading in previous exams, in other way should be encouraged for improvement and should be given opportunity. Main thing is entrance should be fair and scientific and there should not be any game of money. There was a time in Nepal male were allowed to become nurse and after that time came they stop taking male in nursing and now they have again started after long time (I do not know exact % allowed). I am just surprised how such educated people sitting in such post can make such decision and do gender discrimination in education? If I will say female can not become doctor or can not be surgeon or orthopedic surgeon how female will feel or think and what about third sex? There are many other good information in this interview so it does not mean that I am against every thing.
  6.  0 Reply
  7. July 23, 2019, 2:01 p.m. Raj
    Admission should not be according to SEE grading system for any further study, one who have passed the SEE exam and has interest for Nursing (or any profession) should be allowed (should have right) to sit in Nursing entrance (or any entrance exam) BUT entrance exam should be fair and scientific with out any game of money. Every one should have opportunity to progress no one should be discouraged because of her/his previous grading. It is not necessary that person with good scoring obtain in previous exams will be always good, and bad scoring will be always bad.
  8.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...