शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रान्ति बजारमा पहिरो, २ घरमा क्षति

शुक्रबार, २७ साउन २०७४, १२ : १२
शुक्रबार, २७ साउन २०७४

अमृत बास्तोला


तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा पहिरोले दुई घरमा क्षति पुगेको छ । बजारकै आधादर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । तीन दिन देखि लगातार परेको वर्षाका कारण दुर्गा गुरुङ र युवराज बानियाको घरमा क्षति पुगेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । 

वर्षाकै कारण त्रिमहोन माध्यमिक विद्यालय संक्रान्तिबजारको खेल मैदानको प्याराफिटमा पनि क्षति पुगेको शिक्षक रमेश ढकालले जानकारी दिए ।

क्षतिको एकिन विवरण भने आएको छैन् । घरहरुमा थप क्षति हुन नदिन डोजर, सुरक्षा कर्मी र स्थानीबासीहरुबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ । 

पहिरोबाट  संक्रान्तिबजारमा रहेको मिक्चुङ बोर्डिङ स्कुल, तारा बानिया, तिलबहदुर ईङनाम, राम ईङनाम, सुमन नेपाल लगायतका घरहरु पहिरोको जोखिमा रहेको छन् । 

पहिरोको जोखिमा रहेका घरहरुमा उच्च सतर्कता अपनाउन ईलाका प्रहरी कार्यालयले निर्देशन दिइएको छ । वर्षा र पहिरोको जोखिमका कारण बजार दुई विद्यालयहरुमा पठनपाठन शुक्रबार बन्द भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप