बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शुक्रबार, १० साउन २०७६, ०६ : २१
शुक्रबार, १० साउन २०७६

वि.सं.२०७६ साल साउन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ जुलाई २६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि नवमी,२५ घडी ०९ पला ,दिउसो ०३ बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र भरुणी,२५ घडी ५५ पला,दिउसो ०३ बजेर ४६ मिनेट उप्रान्त कृतिका । योग शूल,०३ घडी १७ पला,बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त गंड । करण गर,दिउसो ०३ बजेर २८ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर ३२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि मेष,बेलुकी १० बजेर ०० मिनेट उप्रान्त बृष । 

 

काठमाडौंमा सूर्योदय ०५ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५५ मिनेट । दिनमान ३३ घडी ४८ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको सहि सदुपयोग गरि प्रशस्त लाभ लिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे लाभ लिन सकिने तथा आम्दानीबढाउँन सकिनेछ । बोलैरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटि स्वरुप दिएको धन सम्पति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहि कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने बाताबरण बन्नेछ । पढाइ लेखाइमा प्रगति गरि नाम कमाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागि हुदा पढाइ लेखाइ भने थाति रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानीगर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतगर्दा महत्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी  गरि मनग्गे धन तथा सम्पति कमाउन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनाले व्यापार व्यावसायमा थोरै समय लगानी गर्दापनि प्रशस्त आम्दानीगर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिरतिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारि स्तरमा तपार्ईँको प्रभाव बढ्ने हुनालेसमयमा कामहरु बन्नेछन् । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुनेहुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी  गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाइ  लेखाइमा मन अलि बढि समय लगानी गर्दा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काबिच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु तथा प्रतिस्पर्धिहरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहर फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी  गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउँन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावलि पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।  
 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ ।
 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुनुपर्नेछ । कषि तथा सहकारि व्यावसायमा लागनि बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । 
 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानीगर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने  हुनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप