शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेडिज डन बन्न मन छ – अभिनेत्री ओसिन

शुक्रबार, १० साउन २०७६, १३ : ०४
शुक्रबार, १० साउन २०७६

ओसिन भट्टराई फिल्म ‘एकलव्य’की हिरोइन हुन् । आजबाट प्रदर्शनमा आएको यो फिल्मकी उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनले पुष्कर राउत र सोनम थापामगर दुई अभिनेतासँग रोमान्स गरेकी छन् । ४ वर्षको उमेरदेखि अभिनयप्रति पलायनको मोहका कारण कलाकारितामा होमिएको उनको भनाइ छ । ‘एकलव्य’ उनको दोस्रो फिल्म हो ।

सौगात मल्ल अभिनित फिल्म ‘शब्द’बाट उनले अभिनयमा डेब्यु गरेकी थिइन् । यो फिल्मले राम्रो व्यवसाय गर्न नसकेका कारण उनी चर्चामा भने त्यति छाइनन् । पहिलो फिल्मबाट चर्चा नमिले पनि अभिनयको विषयमा धेरै कुरो जानकारी लिने अवसर मिलेको उनी बताउँछिन् । तर ‘एकलव्य’बाट भने सफलता मिल्ने उनी बताउँछिन् । यिनै अभिनेत्री ओसिनसँग रातोपाटीका दस प्रश्न ।

‘एकलव्य’ आजबाट प्रदर्शनमा आएको छ नि ?

– हो । यो मेरो अभिनय भएको दोस्रो फिल्म हो । त्यसैले यसको रिलिजले म एकदमै एक्साइटेट छु । तर अपेक्षा धेरै छैन । किनभने कलाकारको दायित्व फिल्ममा काम राम्रो गर्ने हो । प्रचार प्रसारमा हिँड्ने हो । हामीले गरेको काम राम्रो नराम्रो भन्ने दर्शकले हुन् । फिल्म चल्नु नचल्नु हिजोसम्म हाम्रो हातमा थियो । आजबाट दर्शकको हातमा छ ।

प्रचार प्रसारको धपेडी कतिको भयो ?

– केही दिनयता फुर्सद छैन । समयमा सुत्न, समयमा खान पाएकी छैन । फिल्मको प्रचार प्रसारका लागि मिडियालगायत चारैतिर धाउँदा धपेडी त हुँदो रहेछ । तर मिडियामा छाउन पाउँदा खुसी छु ।

पर्दामा एक साथ दुई हिरोसँग रोमान्स कति असहज रहेछ ?      

– सहज नै भयो । कुन हिरोसँग कस्तो रोमान्स भन्ने अहिले खुलाउन मिल्दैन । किनभने त्यो खुलाउँदा फिल्मको कथा खुल्छ ।

आफ्नो सौन्दर्यमा कति ध्यान दिनुहुन्छ ?

– रियल लाइफमा म सिम्पल छु । चस्माबाहेक केही पनि लगाउँदिन । अहिले फिल्मको कामले बाहिर निस्किनुपर्दा सजिएर हिँड्नुपर्छ । मेकअप के हो बल्ल बुझ्न थालेकी छु ।

फिट्नेस नि ?

– केही गर्दिनँ । मेरा लागि अहिले आवश्यक पनि छैन । फिटनेसका लागि धेरै चिल्लो खानेकुरा खाँदिनँ ।

फेसनतिर रुचि ?

– फेसनमा रुचि थिएन । फिल्म अभिनय थालेदेखि रुचि बढेको छ । कस्तो फेसन गर्नुपर्ने, कस्तो गर्न

नहुने लगायतका विषयको अहिले राम्रो जानकारी भएको छ । फिल्मलाइनमा टिपटप बनेर हिँड्नु पर्ने भएकाले फेसनको फलो गर्न थालेकी छु । बाटोमा मलाई अरूले हेरिदियोस्, राम्रो भनोस् भन्ने हिसाबले फेसनको चाहना कहिल्यै पनि भएन ।

मनपर्ने खानेकुरा ?

मम, पानीपुरी र चटपटे धेरै मनपर्छ ।

कस्ती केटी ?

– म सिम्पल र सेन्सेटिभ छु । जनावरहरुको एकदमै माया लाग्छ । जनावरको पीडा देखेभने मन थाप्न सक्दिनँ । आँखाबाट आँसु झरिहाल्छ ।

अभिनय गर्न मन लागेको भूमिका ?

– बोल्ड क्यारेक्टरमा अभिनय गर्न मन लागेको छ । पुलिसको भूमिका, केटाहरु अगाडि पछाडि लगाएर हिँड्ने लेडी डनको भूमिका निर्वाह गर्न मन लागेको छ ।

स्क्रिन सेयर गर्न मन लागेको हिरो ?

– दयाहाङ राईको अभिनय एकदमै राम्रो लाग्छ । उहाँसँग अभिनय गर्न पाएभने आफू पनि राम्रो अभिनय गर्न सक्थे होला भन्ने लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप