‘आमा ! मेरी आमा’ लोकार्पण
काठमाडौं– नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी प्राध्यापक शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! मेरी आमा’को लोकार्पण भएको छ । नेपाली समाजमा अचेल वृद्ध माता–पितालाई वृद्धाश्रम पठाउने कुरीतिले जरो गाडिरहेको छ । छोरा–छोरी, बुहारीलगायतसँग न माता–पिताप्रति सम्मानभाव छ र न त समयसँग नै ।
समाजमा वृद्धाश्रमको संख्या बढ्नु निश्चय पनि कुनै व्यक्ति, समाज वा राष्ट्रका लागि गौरवको कुरा हुन सक्दैन । तर, वास्तविकता यही छ, वृद्ध माता–पिताले वृद्धाश्रमको एकान्तमा जीवन निर्वाह गर्नु परिरहेको विवशता सबैका सामु छर्लंग नै छ ।
यस्तो सामाजिक परिवेशमा स्वर्गीय शोभा तिवारी निश्चय पनि शौभाग्यशाली थिइन् भन्नुमा दुईमत हुन सक्दैन । उनका दुई छोरी ऋचा शर्मा तिवारी र स्मृति थपलिया एवम् छोरा बुहारीले उनको स्मृतिमा ‘शोभा–अर्जुन संगीत कोष’ गठन गरी मातापिताप्रति साँचो श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसै संगीत कोषले शोभा तिवारीद्वारा लिखित कविता संकलित गरी काव्यकृति ‘आमा ! मेरी आमा’ प्रकाशमा ल्याएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बीच संस्कृतिविद् डा.तुलसी दिवसको प्रमुख आथित्यमा उक्त पुस्तकको लोकार्पण सम्पन्न भएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, मञ्जु काँचुली, इन्जिनियर किशोर थापा र डा.तुलसी दिवसले स्वर्गीय शोभाको संगीत क्षेत्रमा योगदान र काव्यकृतिमाथि चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा ललित कला क्याम्पसका दुई जना विद्यार्थीलाई संगीत कोषको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन