बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जापान नियात्रासङ्ग्रह ‘दाइबुचु’ सार्वजनिक

शनिबार, ११ साउन २०७६, ११ : २२
शनिबार, ११ साउन २०७६

काठमाडौं– साहित्यकार कृष्ण बजगाईंले जापान सम्बन्धी नियात्रासङ्ग्रह ‘दाइबुचु’  सार्वजनिक गरेका छन् । प्रसिद्ध बेलायती कवि विलियम वर्डस्वर्थको निवास ग्रासमेर, बेलायतमा पुस्तक सार्वजनिक गरिएको हो । 

 फरक धारको अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईले उक्त सङ्ग्रहमा आफ्नो जापान यात्राका अनुभूतिहरु समेटेका छन् ।

दाइबुचुमा जापानी कला, साहित्य, संस्कृति, धर्म, इतिहास आदिलाई नियात्राका विषय बनाएका छन् । यसमा जापानी निबन्धकलाको झलक पढ्न पाइन्छ । एघार वटा साहित्यिक कृतिका सर्जक बजगाईंको यो तेस्रो नियात्रासङ्ग्रह हो । यस भन्दा अघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

बेलायत निवासी डायोस्पोराका सक्रिय लेखक बजगाई साहित्य सिर्जना र साहित्यिक संघसंस्थामा लामो समयदेखि क्रियाशिल छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप