मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘हर हर महादेव’मा नीताको नृत्य

आइतबार, १२ साउन २०७६, १६ : ००
आइतबार, १२ साउन २०७६

काठमाडौं – फिल्मको गीत गायनमा चर्चित गायिका सहिमा श्रेष्ठले तीज गीत लिएर आएकी छन् । ‘हर हर महादेव’ बोल रहेको उनको गीत शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो । 

गीतमा उनले कयौं तीजमा व्रत बस्दा पनि कोही जीवन साथी नभेटेको र यो तिजमा आस गरेको कुरा ब्यक्त गरेकी छन् । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा शब्द अमर वान्तुको रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाले नृत्य गरेकी छन् । गायिका श्रेष्ठले पनि उनलाई नृत्यमा साथ दिएकी छन् । गीतमा सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेका युवतीको कथा छ ।

पवित्रा आचार्यले गीतको भिडियो निर्देशन गरेकी हुन् । अघिल्ला बर्षको तीज गीत झैँ यो पनि दर्शकले रुचाउनेमा कार्यक्रममा साहिमाले बताइन् । 

कार्यक्रममा आधुनिक गिती संग्रह ‘अमर भावना २’को समेत विमोचन गरिएको थियो । उक्त एल्बमको ‘तिम्रो शहर’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरियो । दिपक शर्माको संगीत रहेको गतिको भिडियोमा अनुप बिक्रम शाही र आँचल शर्माको अभिनय छ ।

कार्यक्रममा पूर्वमन्त्री एवं गीतकार शंकर कोईराला, गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दिपाश्री निरौला लगायत उपस्थित रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप