टीकाटालोपछि बिहे गर्न नमान्दा हत्या, १२ वर्षपछि समातिए अभियुक्त
काठमाडौं–१२ वर्षअघि हत्या गरी फरार रहेका काभ्रे आम्बोटेका राजेश लामालाई प्रहरीले पक्राउ गरेको छ।
१२ वर्ष अघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा विभत्स हत्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले अनुसन्धानको क्रममा सुनिता लामाको हत्यामा संलग्न राजेशलाई १२ वर्षपछि पक्राउ गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
व्यूरोका निर्देशक डिआईजी निरजबहादुर शाहीले पक्राउ परेका लामाले आफूसँग विवाहका लागि टिकाटालो समेत गरेकी सुनिताले अन्तिममा आएर विवाह नगर्ने भनेपछि आफूले हत्या गरेको बयान दिएको जानकारी दिए ।
विवाह हुने मितिभन्दा अघिल्लो दिन २०६४ साल मंसीर २७ गते विवाह नगर्ने जवाफ सुनिताबाट आएपछि राजेशले आफूलाई बेइज्जत भएको महसुश गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
सुनिताको १२ वर्ष अघि इमाडोलमा धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा