शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनुगमन हुने भएपछि भक्तपुर–नगरकोट सडकको खाल्डाखुल्डी रातारात पुरियो

आइतबार, १२ साउन २०७६, २२ : ०८
आइतबार, १२ साउन २०७६

नगरकोट-भक्तपुरको भत्केको पाटी हुँदैं पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्षसम्म निर्माण सम्पन्न भएको छैन् । आइतबार संसदको विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गर्ने भएपछि सडक निर्माणको ठेक्का पाएको कंस्ट्रक्सनले रातारात सडकको खाल्डाखुल्डी पु¥यो । 

सडक अनुगमनका क्रममा समयमै वाटो निमार्ण कार्य सम्पन्न नहुँदा हिलो र धुलोले सास्ती खेप्नु परेको भन्दै स्थानीयहरु आक्रोशित छन् । निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कंस्ट्रक्सनले नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको छ । 

कन्स्ट्रक्सनले बनाएका सडक निमार्ण कार्य समयमै नसकेपछि भक्तपुरबाट नगरकोट जाने सडकको आइतबार संसदको विकास तथा प्रविधि समिति स्थलगत कार्य अनुगमन ग¥यो । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको समितीका सदस्यहरु, भक्तपुरका सांसद, स्थानिय जनप्रतिनिधि, सरकारी निकाय, स्थानीय बासिन्दाले सडकको स्थलगत अनुगमन गरेका हुन् । 

निर्माण व्यवसायीका प्रतिनिधि सुदन गौलीले निमार्ण सामाग्रीको अभाव, स्थानियको अवरोध, रुखहरु कटानलगायतका कारणले समयमै नहुदाँ सडक निमार्ण कार्य नसकिएको बताए । अनुगमनका क्रममा समितिका सभापति कल्याणी खड्काले निमार्ण कार्यलाई तिव्रता दिन स्थानीयको निरन्तर खवरदारी आवश्यक रहेको बताउँदै  सडक निमार्ण कार्यमा ठेकेदारको चरम लापरवाही भएको बताइन् ।

अनुगमनको क्रममा खड्काले भनिन् ‘सडक निमार्णको समयावधि सकिएपनि काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको खण्डमा काम हेरेर मात्रै आयोजनाको समय थप गर्न सकिने छ ।’ सांसद महेश बस्नेतले आयोजना समयमा निमार्ण गर्नका लागि निरन्तर खवदारी गरको र समयमा काम सम्पन्न गर्न अझ दबाव दिने बताए ।

चाँगुनगरपालिकाका प्रमुख सोम मिश्रले भक्तपुर नगरकोट सडक खण्ड निमार्ण कार्यमा ढिलाई हुँदा संसदीय समितिसम्म उजुरी दिन बाध्य भएको बताए । उनले भने ‘संसदीय समिति भन्दा ठुलो निकाय अरु नभएकाले अब काम सम्पन्न हुनेमा विश्वस्त छु ।’

अर्का तर्फ निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुवा, हिलो र खाल्डाखुल्डीका कारण जनजिवत प्रभावित बनेको भन्दै स्थानीयहरु आन्दोलनमा छन् । दुई बर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक ६ बर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यिय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको २० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्ष्ट्रक्सनले निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् । सडकखण्ड अन्र्तगतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको राजकुमार लामिछानेको संयोजकत्वमा सडक पीडित संघर्ष समिति गठन गरेका छन् । 

भक्तपुरको कमलविनायक नगरकोट सडक खण्डको निमार्ण कार्य २०७० सालमा २ बर्ष मा सम्पन्न गर्ने गरि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सैलुङ कन्ट्रक्सनले ठेक्का लिएको थियो ।
अहिले भने काम ६५ प्रतिशत सम्पन्न भएको निमार्ण कम्पनिको दाबी छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप