बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

सोमबार, १३ साउन २०७६, १४ : ४५
सोमबार, १३ साउन २०७६

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ।  
 पाँचथरको यासोक गाविस वडा नम्बर ८ घर भई भक्तपुरको बालकोट बस्ने पृथ्वी राज चेमजोङ्गलाई सीआईबीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । 

मन्जु श्रेष्ठको जाहेरीको आधारमा  चेमजोङ्गलाई बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनले  २०७५ पुस १७ गते  दश लाख चौरानब्बे हजार पाँच सय जरिवाना र १५ दिन कैद हुने फैसला गरेको थियो । 

चेमजोङ्गले आर्थिक ब्यबहार मिलाउने भनी  श्रेष्ठसँग १० लाख ९४ हजार ५०० ऋण सापटी लिएको लिएकोमा प्रभु बैंकको रकम नभएको चेक दिएर बाउन्स गराएका थिए । 

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानका लागि केन्द्रिय कारागार कार्यालय सुन्धारा पठाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप