शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के साँच्चै वर्षायाममा धेरै कपाल झर्छ ?

मङ्गलबार, १४ साउन २०७६, १० : ५८
मङ्गलबार, १४ साउन २०७६

तपाईंमध्ये कतिले वर्षायाममा कपाल धेरै झर्छ भनेर धेरैले भनेको सुन्नुभएको होला । यो भनाई नेपालमा मात्र नभई भारतमा पनि प्रचलित रहेछ । वर्षायाममा कपाल धेरै झर्ने कुरामा कत्तिको वास्तविकता छ र यस्तो समस्या सुल्झाउनका लागि के गर्ने भनेर भारतमा १७ वर्षदेखि छाला रोग विशेषज्ञको रुपमा काम गरिरहेका डाक्टर दिपक बोहरासँग एक भारतीय संचार माध्यमले कुरा गरेको छ ।

यसमा उनले भनेः

‘कपाल झर्ने र मौसमबीच कुनै सम्बन्ध छैन । मानिसहरुले आफ्नो खान्कीलाई ध्यानमा राख्नुपर्छ । वर्कआउट (व्यायाम) गर्नुहुन्छ भने पसिना आउँछ । एसीमा बस्नेहरुले टाउकोमा आउने पसिनालाई सफा गर्न आवश्यक छ  । धेरैजसो मानिस दिनदिनै  नुहाउँदैनन् । कपाल फेजमा बढ्छ, एउटा फेज यस्तो पनि हुन्छ जब कपाल झर्छन् । अलि बढि नै । त्यतिबेला मानिसहरुले कपाल बढी झरिरहेको महसुस गर्छन् । कुनै स्याम्पु वा कन्डिसनरका कारण कपाल झरेको हो कि भन्ने शंका गरिन्छ । यो कुरा पनि ठिक होइन । जबसम्म कुनै स्याम्पु वा कन्डिसनरले तपाईंलाई एलर्जी भएको छैन, तपाईंको टाउकोको छाला पोल्नेलगायतका समस्या छैन भने ुकुनै समस्या छैन । वर्षायाममा कपाल धेरै झर्ने भन्ने एउटा भ्रम मात्र हो । तपाईंले आफ्नो स्क्याल्प (टाउकोको त्यो हिस्सा जहाँबाट कपाल उम्रन्छन्) सफा राख्नुपर्छ । तपाईं यदि व्यायाम गर्नुहुन्छ भने केमिकल धेरै नभएको स्याम्पुले दैनिक नुहाउनुहोस् । आफ्नो कपाल अनुसार स्याम्पु छान्नुहोस् । आफ्नो खानपिनलाई ध्यानमा राख्नुहोस् । भिटामिन र प्रोटिनको कमी हुनु हुँदैन । भिटामिनको कमी भयो भने कपाल धेरै टुक्रिन्छ । विशेषगरी महिलाले यसबारे विशेष ध्यान दिनुपर्छ किनभने उनीहरुको शरीरमा धेरै पनि भिटामिनको कमी भयो भने कपाल तुरुन्त झर्न थाल्छ ।’

त्यसकारण कपाल झर्नुमा मौसमको कुनै दोष नहुने बुझ्नु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप