बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

मङ्गलबार, १४ साउन २०७६, १२ : ५१
मङ्गलबार, १४ साउन २०७६

मोरङ । सुनसरी ईटहरी बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

लेटाङ नगरपालिका–४ गंगे चोक बस्ने ३२ वर्षीय विनोद ओझालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

लेटाङ नगरपालिका–३ स्थित नमूना सामुदायिक वनमा ओझाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप