बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरमा श्रीमती बाहिर प्रेम: युवक र युवतीको शव झुण्डिएको अवस्थामा

मङ्गलबार, १४ साउन २०७६, १३ : १४
मङ्गलबार, १४ साउन २०७६

भक्तपुर– घरमा २६ वर्षकी श्रीमती र २ वर्षकी छोरी । २१ वर्षका जिवन तामाङ्ग पेशाले सवारी चालकको काम गर्ने गर्दथे ।  जीवनकी श्रीमती रितु तामाङ २ वर्षयता कहिले सिन्धुपाल्चोक त कहिले काठमाडौं बस्दै आएकी थिइन् । 

श्रीमानको व्यवहार ठिक नलागेपछि उनले यहि साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिइन् ।  उनले दिएको उजुरीमा भनिएको छ, ‘मेरो श्रीमान अर्की केटीसँग लागेर मलाई बेवस्ता गर्दै आएकाले निजलाई झिकाई आवश्यक कारवाही गरी पाउ ।’

त्यसपछि प्रहरीले जीवनलाई बोलाएर छलफल गरेको थियो । जीवनले प्रहरीसँगको छलफलमा ‘अब रितुसँग नै बस्छु भन्ने’ प्रतिवद्धता समेत व्यक्त गरेका पनि थिए ।  उनले प्रहरीसँगको छलफलमा श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिने लगायतका कुरा गर्ने भनेका थिए । 

प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाउ भन्दै आफु केही बेरमा आउने बताएको समेत रितुले प्रहरीलाई जानकारी दिएकी छिन् ।  तर मंगलबार बिहान घटनाले अर्कै मोड लियो । जीवन र मंगली घिसिङ्गको शव उनीहरु बस्दै आएको कोठामा फेला परेको छ । 

बोडेमा कोठा गरि बस्ने सिन्धुपाल्चोक जिल्ला बाह्रबिसेका २१ वर्षे जीवन र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान गरिएको छ ।  घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ ।  महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले यो घटनाबारेमा अनुसन्धान भइरहेको बताए । 

अनुसार जीवनकी श्रीमती रितु तामाङ्गले केही दिन अगाडी आफ्नो श्रीमान अर्को युवतीसँग लागेर आफुलाई बेवास्ता गरेको भन्दै निवेदन दिएकी थिइन् ।  त्यसपछि प्रहरीले जिवनलाई बोलाएर रितुसँग छलफल गरेको र सोमबार जीवनले अब मंगलीसँग नबस्ने भन्दै प्रतिबद्धता समेत जनाएका थिए । 

प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक कोइरालाले दुई जनाको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप