शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजतकले राजेश हमाललाई भन्यो, ‘नेपाली सिनेमाका अमिताभ बच्चन’

मङ्गलबार, १४ साउन २०७६, १३ : १८
मङ्गलबार, १४ साउन २०७६

भारतीय संचार माध्यम आजतकले राजेश हमाललाई नेपाली सिनेमाका अमिताभ बच्चनको संज्ञा दिएको छ ।

सोमबार प्रकाशित एक समाचारमा आजतकले लेखेको छ, ‘५५ वर्षको उमेरमा राजेशको चर्चा नेपालमा त्यस्तै छ जस्तो भारतमा अमिताभ र शाहरुखजस्ता सेलिब्रिटीको  छ ।’

नेपालका महानायकबारे केही रोचक तथ्यबारे जानकारी लिऔं भन्दै आजतकले उक्त समाचार प्रकाशित गरेको हो ।

उक्त समाचारमा राजेशले अभिनयमा आउनका लागि परिवारको निकै विरोध सहनु परेको पनि बताइएको छ । यसमा उनीद्वारा अभिनित फिल्मबारे पनि जानकारी दिइएको छ । साथै, यसमा राजेशले पिताको अन्तिम संस्कारमा कपाल नकाट्नुलाई उनको कपाल प्रतिको मोहको संज्ञा दिएको छ ।

उनी ‘को बन्छ करोडपती’ का उद्घोषक हुन् भनेर पनि त्यसमा जानकारी दिइएको छ । यसमा राजेशकी श्रीमतीबारे पनि जानकारी दिइँदै भनिएको छ, ‘राजेशले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराइसँग विवाह गरेका छन् ।’ यी दुईको लभस्टोरीलाई निकै रोचक पनि बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप