शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा नेपाली संस्कृति एवम् परिकार महोत्सव भव्यताका साथ सम्पन्न

मङ्गलबार, १४ साउन २०७६, १४ : ०७
मङ्गलबार, १४ साउन २०७६

अष्ट्रेलियाको डार्विनमा नेपाली संस्कृति एवम् परिकार महोत्सव–२०१९ भव्यताका साथ सम्पन्न भएको छ । 

नेपालीहरुको छाता संगठन (एनएएनटी) द्वारा आयोजित कार्यक्रम डार्विनको मुटुआटर फ्रन्टमा भएको थियो । 

नेपाली संस्कृतिक झाँकिद्वारा कार्यक्रमको शुरुवात भएको थियो, भने त्यस्तै जिवित कुमारी, नाखेनाच, कुमारी नाच, ढुङ्गेधारा, नेपाली भान्छा, नेपाल झल्कने कलावस्तु र नेपाली खानाका विभिन्न परिकारहरु बनाएका थिए । 

कार्यक्रममा औपचारिक रुपमा (एनएएनटी) का प्रसिडेन्ट सुभाष पोखरेल, अष्ट्रेलियन साँसद् लुक घोस्लीङ, स्थानिय सरकारका मन्त्रीहरु पल कर्ली र केट वार्डनले शुभकामना मन्तव्य राखेका थिए । 
सोहि कार्यक्रममा नेपाली समुदायमा निरन्तर सहयोग गर्ने व्यक्तित्व एवं संस्थाहरुलाई मायाको चिनो प्रदान गरीएको थियो 

कार्यक्रम अवधि भर विभिन्न नृत्य गायन एवं कविता वाचनहरु भएको थियो । 

कार्यक्रममा लगभग छ हजार व्यक्तिहरु सहभागि भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप