शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललिता निवास जग्गा प्रकरणका आरोपीको आत्महत्या प्रकरण : काँग्रेस र नेकपा सांसदको जुहारी !

नेकपा सांसदले भने, ‘दैनिक १० जना भ्रष्टचारी मरुन्’
मङ्गलबार, १४ साउन २०७६, १५ : १४
मङ्गलबार, १४ साउन २०७६

मंगलबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी विषयमा छलफल थियो । 

समितिमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित समितिका सदस्यहरु उपस्थित थिए । 

मङ्गलबारको छलफलको विषय प्रदेश प्रहरीले गर्ने काम र अधिकारको सम्बन्धमा विधेयकमा भएका बुँदामाथि छलफल गरेर टुङ्ग्याउने थियो । 

छलफलको एउटा बुँदामा प्रदेश प्रहरीले कुनै घटना वा अपराधको अनुसन्धान गर्नु परेमा प्रदेश महान्याधिवक्ता वा सरकारी वकिलको कार्यलयबाट स्वीकृति लिई उनीहरुकै निर्देशनमा अनुसन्धान गर्ने बुँदा थियो । 

तर, यस बुँदामा प्रहरी महानिरीक्षक सर्वेन्द्रले खनालले आपत्ति जनाए । यसले प्रहरीलाई अपराध अनुसन्धानमा वाधा पुग्ने भन्दै ‘अनुसन्धानकै लागि स्वीकृति लिनुपर्ने र निर्देशन मान्नुपर्ने’ कुराले अनुसन्धानलाई असर गर्ने बताए । 

त्यसपछि अन्य सांसदहरुले पनि यो बुँदालाई परिमार्जन गर्ने वा हटाउनुपर्ने प्रस्ताव राखे । लगत्तै पूर्व गृहमन्त्री जनार्दन शर्माले पनि यो बुँदा हटाउनुपर्ने भन्दै अनुसन्धानपछि अन्तिम रिपोर्ट दिने समयमा मात्रै सरकारी वकिलको सहयोग लिने कुरा राख्नुपर्ने बताए । अन्य सांसदले पनि यो बुँदालाई परिमार्जन गर्न भनेपछि गृह मन्त्रालयलाई यो बुँदा हटाएर ल्याउन निर्देशन दिए । 

प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको अलवा मंगलबारको वैठकमा केही गम्भीर विषयमा कुराकानी राखे । प्रसङ्ग फरक भएपनि गृहमनत्री, गृहसचिव र प्रहरी महानिरीक्षक एकै स्थानमा भएको भन्दै सांसदहरुले घटनाको यथार्थ जानकारी माग गरे । 

श्रेष्ठ मृत्यु प्रकरण

नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद भएको भन्दै ९० केजीको मानिस आठ तलाबाट खस्दा रगत किन आएन भने प्रश्न गरे । उनले श्रेष्ठको मृत्यु कतै आत्महत्या नभएर हत्या त होइन भन्दै प्रश्न गरे । कंडेलले श्रेष्ठको मृत्यु ललिता निवास प्रकरण लुकाउनका लागि कसैले हत्या त गरेको होइन भन्दै यसको सत्यतथ्य बाहिर ल्याउनसमेत आग्रह गरे ।

त्यसको जवाफमा नेकपा सांसद झपट रावलले दैनिक १० जना भ्रष्टाचारीहरु मरेको सुन्न पाइयोस् भन्दै कँडेलको भनाईलाई प्रतिवाद गरे । उनले भने ‘कोही पनि निर्दोष व्यक्तिले बिनाकारण मृत्युवरण गर्नु नपरोस् । कसैलाई बिनाकारण र आधार आरोप पनि नलगाइयोस् । तर यदि कसैले भ्रष्टाचार गरेको छ भने त्यस्ता भ्रष्टाचारीहरुले मर्नु पर्छ । दैनिक १० जना भ्रष्टचारी आत्महत्या वा अन्य कारणबाट मरेको समाचार बाहिर आयोस् ।’

काँग्रेस सांसद दिलेन्द्रपसाद बडुले कञ्चनपुरका बसन्त बहादुर सिंहको हत्या भएको लामो समय भएपनि त्यसबारे सत्यतथ्य बाहिर नआएको भन्दै यथार्थ बाहिर ल्याउन गृहमन्त्रीसँग माग गरे । 
नेमकिपाका सांसद प्रेम सुवालले गम्भीर आपराधिक प्रवृतिका घटनाहरु बढ्दै गएको भन्दै गम्भीर अपराधमा दोषी ठहर भएकालाई मृत्युदण्डको सजाय दिने कानुन बनाउनु सांसदहरुको ध्यानाकर्षण गराए । 

सांसद डीला संग्रौलाले निर्मला हत्या प्रकरणमा गृहमन्त्रीले दिएको जवाफ गैरजिम्मेवार भएको भन्दै गृहमन्त्रीले नै यस्ता घटना भइरहन्छन् भन्नु कति जिम्मेवार अभिव्यक्ति हो भनेर प्रश्न गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप