८९ किलो गाँजासहित चार भारतीय पक्राउ
मङ्गलबार, १४ साउन २०७६, १५ : १९
काठमाडौं– पर्सा प्रहरीले ८९ किलो गाँजासहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अहमद सुनार, असमल आलम साइन, इर्साद साइन र सुनिल साह रहेका छन् ।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित ड्राइपोर्ट बहुअरी सडक खण्डमा बीआर ८जी २७७० नम्बरको बलेरो गाडी चेकजाँचका क्रममा सो परिमाणको गाँजा बरामद भएको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान