एनआरएन महासचिवमा भूषण घिमिरेले उम्मेदवारी दिने
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)को चुनावी सरगर्मी बढिरहेको बेला महासचिव पदमा भूषण घिमिरेले पनि उम्मेदवारी दिने भएका छन् । वर्तमान प्रवक्ता घिमिरेले साथीभाइको सुझाव र सल्लाहअनुसार आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताए ।
एनआरएनको विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदैछ । अध्यक्ष भवन भट्टले फेरि अर्काे कार्यकालका लागि उम्मेद्वारी घोषणा नदिने भएसँगै एनआरएनको चुनावी माहोल थप तातिएको बेला जापान निवासी घिमिरेले पनि उम्मेदवारी दिने बताएका हुन् ।
जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारीतामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन्।
डेढ दशकदेखि जापानमा बसोवास गर्दै आएका घिमिरेको नेपालमा बैंकिङ, हाइड्रो, शिक्षालगायत क्षेत्रमा लागानी रहेको छ ।
एनआरएनको महासचिवमा भौतिकशास्त्री डा हेमराज शर्माले समेत उम्मेदवारी दिने बताइएकाे छ । शर्मा एनआरएनभित्रका चर्चित अनुहार हुन् भने उनलाई एनआरएनको प्लान सेटरको रुपमा लिइन्छ ।
यस्तै अध्यक्षमा कुमार पन्तका सँगै कूल आचार्यले उम्मेदवारी दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै