शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा सरसफाई अभियान सम्पन्न

शुक्रबार, २७ साउन २०७४, १७ : ५६
शुक्रबार, २७ साउन २०७४

काठमाडौं – बैंक अफ काठमाण्डू लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सरसफाई कार्यक्रम आयोजना सम्पन्न गरेको छ । 

उक्त सरसफाई कार्यक्रमको नेतृत्व यस बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गरेका थिए । उक्त सरसफाई कार्यक्रममा प्रतिष्ठित व्यक्तिहरु सहित स्थानीय जनताको सहभागिता थियो ।  
सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह«ी बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गरे ।  सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न पाएकोमा स्थानीय जनताले प्रसन्नता व्यक्त गरेका थिए । 


यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने स्थानिय बासी, स्थानिय निकाय र सहयोगी हातहरुलाई बैंक अफ काठमाण्डू लि. ज्ञापन समेत गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप