प्रहरीकै संरक्षणमा अवैध मदिरा पसल सञ्चालनमा
रौतहट । अत्यिधक मदिरा सेवनबाट रौतहटमा एक युवकको मृत्यू भएको छ ।
कटहरिया ५ का बनारसी महरा चमारका छोरा २५ वर्षीष जयप्रकाश महरा चमारको अत्यधिक मदिरा सेवनका कारण मृत्युु भएको हो ।
मदिरा सेवन गरेका महराको अवस्था गम्भीर भएपछि केहीदिन अघि उपचारको लागि नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो ।
खाली पेटमा समेत अत्यधिक मदिरा सेवन गर्ने गरेका महराको लिभर र किडनी बिग्रेर उपचार हुन नसकी दुुइदिन अघि मृत्युु भएको नारायणी अस्पतालका डाक्टर जेपी जयसवालले बताए ।
कटहरिया बजार लगायत नगरक्षेत्रका दर्जनौँै स्थानमा अवैैध मदिरा पसल खोलिएका छन् भने त्यहाँ मदिरा पिउने युुवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर अर्पणलाल कर्णले अवैध मदिराले लिवर र किडनी खराब भएर कम उमेरमै मृत्युु हुने गरेको बताए ।
प्रहरीका घुमुवासमेतको मिलोमतोमा कटहरिया बजार क्षेत्रमा एक दर्जन अवैध मदिरा बेच्ने पसल सञ्चालनमा रहेको स्थानय समाजशसेवी मुकेश कुमार साहले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खड्काले प्रहरीको मिलोमतो बारे अनुन्धान गरिरहेको र त्यस्ता अवैध मदिरा पसल बन्द गराइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा