शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयले बिए एलएलबी पढाउँदै

बुधबार, १५ साउन २०७६, १४ : ३१
बुधबार, १५ साउन २०७६

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिए एलएलबी कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले बुटवलमा यसै शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय हो ।

बुटवलमा बिए एलएलबी कक्षा सञ्चालन सँगै कानुन विषय अध्ययनका लागि विद्यार्थीहरु बुटवलबाहिर जानुपर्ने बाध्यता टरेको छ । यो विषय पढ्नका लागि काठमाण्डौं, पोखरा वा सुर्खेत जानुपर्ने बाध्यता थियो ।

विश्वविद्यालयले चालु शैक्षिक सत्रमा ८० जना विद्यार्थी भर्ना लिने रजिष्ट्रार तिलक आचार्यले जनाए । ‘बुटवलमा पहिलो शैक्षिक सत्रमा ८० जना विद्यार्थी पढाउने गरी बिए एलएलबीको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ’, उनले भने ।

विए एलएलबी कक्षा सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । सामाजिक विकास मन्त्रालयको सहयोगमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । ५ वर्षे सेमेष्टर प्रणालीको यो तहमा भर्नाका लागि कानुन विषय लिएर माध्यमिक तह पास भएको हुनुपर्नेछ । कानुन विषय विज्ञको आवश्यकता भइरहेकाले त्यसको पूर्तिका लागि प्रदेश सरकार र विश्वविद्यालयले यो कार्यक्रम सञ्चालनमा ल्याएको रजिष्टार आचार्यले बताए ।

विश्वविद्यालयको कार्यकारी परिष्द बैठकले सबै तहलाई समेष्टर प्रणालीमा लैजाने निर्णय समेत गरेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्नातकोत्तर तह स्नातक तह वार्षिक परीक्षा प्रणालीमा रहेका छन् । यसै शैक्षिक सत्रदेखि सबै कक्षाहरु समेष्टर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

विश्वविद्यालयले बिएएलएलबीसहित बुटवलमै स्नातक तहमा ट्राभल टुरिजम विषय अध्यापन गराइरहेको छ । यी दुबै विषयमा भर्ना खुलिसकेको बताइएको छ । त्यस्तै विश्वविद्यालयले छिट्टै नै बुटवलमै इन्टरनेशनल रिलेशन विषयको अध्यापन शुरु गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप