सत्यवतीका बाढी पीडितलाई लाईन्स क्लवद्धारा सहयोग
बुटवल– गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ र ४ मा साउन ६ गतेको बाढि पहिरोबाट पीडितहरुको उद्धारमा काठमाडौंको एक संस्थाले लाखौं मूल्य बराबरको सहयोग हस्तान्तरण गरेको छ । काठमाडौंको लाईन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक–( ३२५ बि वान) नामक संस्थाले वडा नम्वर ३ को ठुलो लुम्पेक र ४ को लिम्घामा खाद्यन्न र लत्ता–कपडा गरि करिव १४ लाख मुूल्य बराबरको सहयोग हस्तान्तरण गरेको हो ।
उक्त संस्थाका कोषाध्यक्ष भिमलाल पौडयालको नेतृत्वमा आएको टोलीले सत्यवती बाढि पहिरो पीडित ब्यवस्थापन समितिका संयोजक एवं वडा नम्वर ४ का वडाध्यक्ष दानबहादुर राना लगायतका जनप्रतिनिधिहरु मार्फत पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै कोषाध्यक्ष पौड्यालले ब्यक्तिगत तर्फबाट लिम्घाका ८ जना मृतकका परिवाजनलाई लाई जनही ५ हजारका दरले नगद सयोग गरेका थिए ।
त्यस्तै सत्यवती–१ अस्लेवाका समाज सेवी चिन्तामणि पाण्डेले पनि मृतकका परिवारलाई जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका थिए । ठुलो लुम्पेकका पहिरो पीडितहरुलाई पनि समाजसेवी पाण्डेले व्यक्तिगत २५ हजार नगद र २७ हजार बराबरको जिन्सी सहयोग समेत गरेका थिए ।
टोलीले आफैले मालवाहक ट्रकमा पर्याप्त खाद्यन्न, लत्ता कपडा अन्य जिन्सी शिविरमा ल्याई वितरण गरेको थियो । हाल सम्म सामाजिक संघ संस्था मध्येबाट सबैभन्दा ठुलो सहयोग उक्त संस्थाले लिएर हस्तान्तरण गरेको सहयोग संकलन समितिका संयोजक तथा वडाध्यक्ष दानबहादुर रानाले बताए ।
देशैभर हुने विपद्मा उद्धारको कार्यमा जुट्दै आएको लाईन्स क्लव अफ डिष्ट्रिक ३२५ बि वानले २०७२ का भूकम्पपीडित र त्यसको अर्को बर्ष गुल्मीको दजाकोटका अग्नी पीडितहरुलाई पनि ठुलो सहयोग गरेको थियो ।