रौतहटमा हतियारसहित विप्लव समूहका ४ कार्यकर्ता पक्राउ
रौतहट । रौतहटमा प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई हतियारसहित नियन्त्रणमा लिएको छ ।
जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव माओवादीका चारजना कार्यकर्तालाई हतियार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला प्रहरी कार्यालय, रौतहट स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोल स्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी स्रोतले जानकारी दिएको छ ।
वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।
वाइवा पछिल्लो समय सुमो गाडी चालकको काम गर्दै आएका थिए भने घिसिङ गाउँमै प्रेस हाउस कुखराको मासुु बेच्ने काम गर्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान