बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लियो जिल्ला परिषदको पद हस्तान्तरण

बिहीबार, १६ साउन २०७६, १५ : ०३
बिहीबार, १६ साउन २०७६

काठमाडौं– लियो जिल्ला परिषद ३२५ वि २ को पद हस्तान्तरण, लियो प्रशिक्षण तथा बोर्ड बैठक सम्पन्न भएको छ । राजधानीको पेप्सीकोलास्थित स्टार ब्याङ्गकेटमा बेठक सम्पन्न भएको हो । राजधानीमा आयोजित १ दिने कार्यक्रममा देशभरबाट करिव ५ सय जना यूवाहरुको सहभागिता रहेको थियो ।

बैठकमा अध्यक्ष लियो ताराप्रसाद गुरागाँईले बर्ष २०१९–२० का अध्यक्ष लियो सरोज कँडेललाई पद हस्तान्तरण गरेका छन् । ‘हामी सेवा गर्छौ’ भन्ने मुख्य उदेश्यका साथ खोलिएको लायन्स क्लबको यूवा संगठन लियो क्लबमा देशभर करिब ३५० क्लब छन भने ११० क्लब बि २ मा रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लियो युवाहरुलाई देख्दा आफुसहित ४ जनाले नारायणी नदिको किनारमा बसेर यो देशलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने भन्नेमा प्रतिबद्धता व्यक्त गरेको कुराको स्मरण गरेको सुनाए ।

अध्यक्ष प्रचण्डले यूवाहरुले आँट मात्रै गरे नेपाल संसारकै सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्न सक्ने कुरा बताए । उनले पुरानो प्रविधि श्रोत साधन अनुसार देशलाई युगान्तकारी परिवर्तन गर्न सफल भएको स्मरण गर्दै अहिलेको यूवाहरुले चाहे, संकल्प गरे नेपाललाई संसारका अन्य राष्ट्र सरह विकास र प्रगतिको फड्को मार्ने कुरामा विश्वस्त रहेको कुरा उल्लेख गरे । 

यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले लियोमा आवद्ध यूवाहरुले देशका विभिन्न अपराध न्यूनिकरण गर्नका लागि अहम भुमिका खेल्नुपर्ने बताए । उनले भने, ‘नेपाल प्रहरीलाई तपाँई हाम्रो नेपाल प्रहरी बनाई सहकार्य गर्नको निम्ति बिशेष आग्रह गर्छु ।’  

यस्तै अर्का विशेष अतिथि नविल बैंकका कार्याकारी अधिकृत अनिलकेशरी शाहले युवाहरुलाई नेपालमै केहि गरेर देखाउन र विदेशमा रहेका युवाहरुलाई नेपालमा आउन आग्रह गरे । लियो युवाहरु देशका संवाहक भएको र देशको विकासका निम्ति लियो युवाहरुको विशेष भूमिका रहनुपर्ने जिकिर गरे ।

यसैगरी विश्वलाई सात चक्कर लगाएका विश्व साइकल यात्री पुस्कर साहले त्यो अनुभवलाई लिएर संसारकै सर्वोच्च शिखर सगरमाथालाई करिव ४५ मिनेट होचो बनाएको अनुभव सुनाए ।  संसारका विभिन्न ठाँउका तिता मिठा अनुभव यूवाहरुलाई सुनाउँदा लियोहरुले मज्जा मानिरहेका थिए । यस्तै मोटिभेशनल ट्रेनर अनन्तराज घिमिरेले युवाहरुले देशको इज्जत बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा लायन्स जिल्ला परिषद ३२५ बी २ नेपालका गभर्नर एमजेएफ लायन अनुप पहाडी, लियो चियरम्यान लायन्स सुदिप कोईराला, लियोका पूर्वसचिव लायन्स अर्चित श्रेष्ठ, इसामे प्यानलिष्ट लियो रोशन बर्नवाल, लायन्स एमएल पाण्डे, उपाध्यक्ष कुबेर पाठक लगायतका हस्तीहरुले लियो युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप