सोमर्स्वीको ब्रान्ड एम्बेस्डरमा गायक सुशान्त केसी, फ्रेन्डसीप महिनालाई यादगार बनाइने
काठमाडौं– सोमर्स्वी एप्पल साइडरले युवा माझ लोकप्रिय तथा चर्चित गायक सुशान्त के.सीलाई यही साउन १६ बाट लागु हुने गरी एक वर्षको लागि ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।
नेपाली युवाहरुमाझ प्रचलित स्फुर्तिदायी पेय ‘सोमर्स्वी एप्पल साइडर’ र युवावर्ग माझ सांगीतिक क्षेत्रका प्रिय र प्रख्यात गायक सुशान्त के.सी ले फ्रेन्डसीप महिनालाई अझै सुरीलो र यादगार बनाउन सहकार्य गरेका छन् ।
गोर्खा ब्रुअरी प्रा.लिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले यो सहकार्यबाट दुबै परिपुरक हुने विश्वस्त व्यक्त गरे । उनले यो फ्रेन्डसीप महिनामा युवा उपभोक्ताहरुले केसीको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमर्स्वीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने अवसर पाउने बताए ।
सुशान्तले भने, “म यो सहकार्यबाट एकदमै आशावादी छु र सोमस्र्वीसँगको यो यात्रा अविस्मरणीय रहनेमा विश्वास गर्छु । ब्रान्डसँग आवद्ध रही मलाई हाम्रो देशका युवामाझ सांगीतिक यात्रा लिएर जुर्ने अवसर प्राप्त भएको छ । मलाई आशा छ सोमर्स्वीका विशेषतालाई मैले परिभाषित गर्न सक्नेछु ।”
फ्रेन्डसीप महिना अभियान
सोमर्स्वीले अन्तराष्ट्रिय फ्रेन्डसीप महिना – अगस्ट २०१९ लाई ध्यानमा राखी नयाँ प्रचार प्रावधान ‘सोमरफन वीथ फ्रेन्डस, डाट्स वन्डरफुल’ उपभोक्तामाझ सार्वजनिक गरेको छ । यो योजना नेपालभरका ५०० भन्दा बढी विक्रि केन्द्रहरुमा उपलब्ध रहनेछ । साथै यो अवधिभर गायक सुशान्त के.सीले धरान, बुटवल, काठमाडौं, पोखरा र नारायणगढमा सांगीतिक यात्रा गर्नेछन् ।
नेपालमा सोमर्स्वी एप्पल साइडर
सोमर्स्वी नेपाली बजारमा एकमात्र उपलब्ध रहेको एप्पल साइडर हो र गोर्खा बु्रअरी प्रा.लि. ले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो । तत्पश्चात् यो नेपाली युवामाझ लोकप्रिय रहि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै