शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस्टर वर्ल्डको उपाधि नेपाल ल्याउँछु –अक्षय

शुक्रबार, १७ साउन २०७६, १२ : २१
शुक्रबार, १७ साउन २०७६

अक्षय जंग रायमाझी ‘मिस्टर नेपाल २०१७’का विजेता हुन् । उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वर्ल्ड २०१९’ मा सहभागी हुन केही दिनपछि फिलिपिन्सको मनिला उड्दैछन् । एकसय बढी राष्ट्रको प्रतिनिधित्व रहने कार्यक्रममा शिर्ष विजेता घोषित हुन उनी दिनरात तयारीमा मिहिनेत गरिरहेका छन् । मिस्टर नेपाल आयोजक एक्सपोज नेपालले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित उनको ‘मिस्टर वर्ल्ड’ सहभागिता समेत जानकारी गराएको थियो । उक्त कार्यक्रममा अक्षयले नेपालको बिभिन्न विषयवस्तु चिनाउँदै ‘भिजित नेपाल २०२०’को सन्देश समेत बाँड्ने बताएका थिए । मिस्टर वर्ल्डका नेपाल प्रतियोगी अक्षयसँग रातोपाटीको दश प्रश्न ।

नेपालको प्रतिनिधित्व गरेर ‘मिस्टर वर्ल्ड’मा जान पाउँदा कस्तो लागेको छ ?

– एकदमै एक्साइटेड छु । खुसी लागेको छ । मलाई त्यो कार्यक्रममा पठाउने एक्पोज नेपाल प्रति हार्दीक आभार व्यक्त गर्दछु । उहाँहरुले विश्वास गरेर पठाउँदै हुनुहुन्छ । उपाधि नेपाल भित्र्याउन सफल हुन्छु भन्ने लागेको छ ।

तयारी कस्तो भइरहेको छ ?

– विभिन्न प्रशिक्षण लिइरहेको छु । कोरियोग्राफीसम्बन्धी दिक्पाल कार्की सरले प्रशिक्षण दिइरहनुभएको छ । के लाने, के चिनाउने भन्ने विषयको पनि राम्रो तयारी गरेको छु ।

विश्वमाझ नेपाललाई कसरी चिनाउनु हुन्छ ?

– नेपालको चिनारी झल्काउने, महत्व बुझाउने पर्यटकीय स्थलको अलवा सगरमाथा, गौतमबुद्ध लगायत सबै पक्ष समेटेर एउटा भिडियो बनाएको छु । त्यसले अन्य देशका सहभागीलाई नेपाल बुझ्न सजिलो हुनेछ । त्यसको अलावा नेपालको कल्चर नृत्य परपरागत भेषभुषासहित पनि प्रस्तुत गर्दैछु ।

आफ्नो सौन्दर्यका लागि के गर्नु हुन्छ नि ?

– मेरो विचारमा मानिसको व्यक्तित्व उसको सबैभन्दा ठुलो सौदर्य हो । अहिलेको समय अनुसार त्यसले मात्र पनि पुग्दैन रहेछ । बाहिरी सौन्दर्य पनि अति आवश्यक हुँदोरहेछ । त्यसैले बाहिरी सौन्दर्यको लागि अनुहारमा नियमित क्लिन्जिङ गराउँछु । हेयर स्टायल बनाउँछु ।

मनपर्ने खाने कुरा ?

– नेपाली खाना दलभात तरकारी नै मनपर्छ ।

अभिनयमा रुचि ?

– रुचि त छ । तर अहिले नै अभिनयमा आउने मनछैन । पछिको कुरो खै के हुन्छ । अहिले कसरी भन्ने ?

मनपर्ने कलाकार ?

– बलिउड अभिनेता रणवीर कपुर मनपर्छ । उनको अभिनय पनि राम्रो लाग्छ ।

पुरा नभएको सपना ?

– राम्रो फुटबल खेलाडी बन्ने सानैदेखिको सपना थियो । त्यो पुरा हुन सकेको छैन ।

मनपर्ने केटी ?

– केटी मन पराउने भनेको जीवन साथीको लागि हो । त्यसैले उनको बाहिरी सुन्दरता त चाहिन्छ नै । त्यसको अलवा मिलनसार, ब्यवहारिक र सिलस्वभाव पनि राम्रो हुनुपर्छ ।

तपाईंलाई कसरी बुझ्ने ?

– म सिम्पल छु । सबैसँग मिल्न सक्छु । राम्रा–राम्रा ठाउँहरु घुम्न, साथीभाइसँग समय बिताउन मनपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप