केन्द्रीय संस्करण

हुम्लाका दुई किशोरी सम्पर्कविहीन

person explore access_timeसाउन १८, २०७६ chat_bubble_outline0

हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्र्पकविहीन रहेका छन् । सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टङ्कप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी लक्षुकै साथी सङ्गीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन् ।

लक्षुका काफ्ले भने रातो गौ गोरो अनुहार कि दाहिने आँखामुनि खत भएकी रातो कुर्ता सुरुवाल लगाएकी कोट माविमा कक्षा ८ मा अध्ययन गर्ने र  सिमकोट गाउँपालिका–७ कि पाँप्लाथुङका सङ्गीता शाही सोही विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने र रातोगोरो अनुहारकी मोटी शरीर भएकी १५ गते दिउँसो घरबाट हराएकी लक्षुका बुबाले जानकारी दिए।

साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।    घरबाट निस्किएको “तीन दिन बितिसक्यो अहिलेसम्म सम्पर्कमा आएकी छैनन् लक्षुका बुबा काफ्लेले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...