बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलबाट धम्क्याई लाखौँ रकम माग गर्ने पक्राउ

आइतबार, १९ साउन २०७६, १४ : ०५
आइतबार, १९ साउन २०७६

काठमाडौँ । मोबाइल फोनबाट धम्क्याई लाखौँ रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

गिरीले फोनबाट विभिन्न व्यक्तिसँग धम्काउँदै ७५ लाख रुपैयाँ माग गरेका थिए । यसका लागि गिरीले नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गर्ने गरेका थिए ।

गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो ।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप