बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षीया बालिका बलात्कार अभियोगमा एकजना पक्राउ

सोमबार, २० साउन २०७६, ११ : ४४
सोमबार, २० साउन २०७६

बुटवल । केहि दिनअघि नवलपरासीमा ११ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेर फरार रहेका तीन जनामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गुल्मीका सत्यवती गाउँपालिका जोहाङ्ग खैरेनीका ५५ वर्षीय शिव श्रेष्ठ रहेका छन् । उनलाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो  । 

श्रेष्ठ पश्चिम नवलपरासीको सुनुवल–४ मा बस्दै आएका थिए ।  यसअघि सुनुवलबाटै ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेरजवरजस्ती करणीमा मुद्धा दर्ता गरिसकेको छ ।  

६० वर्षीय श्रेष्ठसहित ३ जना पुरुषहरुले ११ वर्षीया बालिकालाई गत डेढ महिनादेखि पटक–पटक र फरक–फरक स्थानमा लगेर यौन शोषण गरेको पुष्टि भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आर्चायले बताए । आरोपित मध्येका एक जनाले अप्राकृति यौन आनन्द लिने गरेको दावी गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप