शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए मध्यपूर्व संयोजकमा गोर्खालीको उमेद्वारीको घोषणा

सोमबार, २० साउन २०७६, १२ : ०४
सोमबार, २० साउन २०७६

युएई ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि मध्यपूर्व क्षेत्रिय संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा उनले आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।  

लामो समयदेखि युएईलाई कर्मथलो बनाउँदै आईरहेका गोर्खाली एनआरएन मध्यपर्वका बलिया खम्बा हुन् ।

मध्यपूर्वलगायत अन्य देशहरुमा हुने एनआरएनएको कार्यक्रमहरूमा उनको बाक्लो उपस्थिति रहँदै आएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको  साधारण सदस्य हुँदै एनआरएन अभियानमा लागेका गोर्खाली अहिले आईसीसी सदस्यको जिम्मेवारी निर्वाह गरिरहेका छन् । 

वैदेशिक रोजगारीका लागि मध्यपूर्वी देशहरूमा कार्यरत नेपाली कामदारले भोग्दै आएको विविध समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले अहिलेसम्म खेल्दै आएका समन्वयात्मक भूमिकालाई थप व्यवस्थित बनाउने कामदारको अधिकारलाई मुख्य एजेण्डा बनाएको उनको भनाइ रहेको छ । 

उनले मध्यपूर्वमा कार्यरत नेपालीहरूको समस्यालाई मध्यनजर गर्दै उनीहरूको लागि कार्ययोजना ल्याउने आफ्नो तयारी रहेको बताए ।

रातोपाटीसँगको कुराकानीमा गोर्खालीले भने, ‘मध्यपूर्वमा कामदारका धेरै समस्या मात्रै भनियो तर दीर्घकालीन समाधान गरिएन । त्यसैले अब दीर्घकालीन रूपमा नै समस्या न्यूनीकरण गर्ने लक्ष्यसहित यसपालिको निर्वाचनमा क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिएको हुँ ।’ 

उनले विदेशमा आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगाउन र मध्यपूर्वको लगानी स्वदेशमा भित्र्याउन विशेष पहल गर्ने समेत बताए ।

मध्यपूर्वी देशहरू ओमन, कतारले मध्यपुर्व क्षेत्रिय संयोजक पाइसकेको र अबको पालो युएईले पाउनुपर्ने एनआएनएकर्मीहरु बताउँछन् । सम्मेलन आगामी अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप