मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शताब्दी पुरुष जोशीलाई अभिनन्दन

सोमबार, २० साउन २०७६, १२ : ५४
सोमबार, २० साउन २०७६

काठमाडौं– रोटरी क्लव ललितपुर मिडटाउनले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई अभिनन्दन गरेको छ । क्लवले ललितपुरस्थित होटल हिमालयमा एक कार्यक्रमको आयोजना जोशीलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर अभिनन्दन गरेको हो ।

सम्मान तथा अभिनन्दन ग्रहणपछि संस्कृतिविद समेत रहेका जोशीले क्लवको कार्यको प्रशंसा गरेका थिए । उनले रोटरीले आफूलाई सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागी भएका डा.जोशीलाई क्लवका पेप्सिडेन्ट रमेशसिंह प्रधानले सम्मान प्रदान गरेका थिए । 

पेप्सिडेन्ट प्रधानको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ नाट्यकर्मी प्रचण्डमान श्रेष्ठले शताब्दी पुरुष जोशीको व्यक्तित्वबारे चर्चा गरेका थिए । श्रेष्ठले भने, ‘शताब्दी पुरुष जोशीको योगदानलाई सम्मान गर्दै अंगिकार गर्न आवश्यक छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप