बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्धारा कमलपोखरीमा हरित गार्डेन निर्माण

सोमबार, २० साउन २०७६, १६ : २१
सोमबार, २० साउन २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १ महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ । 

यसका साथै बैंकले एक हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ ।

उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र नाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप