महालक्ष्मी विकास बैंकको नयाँ शाखा ठमेलमा
सोमबार, २० साउन २०७६, १६ : ४१
काठमाडौं– महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
यसै क्रममा यहि साउन २० गते सोमबारदेखि बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलमा नँया शाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ ।