बोल बम ! बोल बम !!
काठमाडौँ । हिन्दु धर्म अनुसार साउन महिनालाई शिवको महिनाका रुपमा लिइने गरिन्छ । त्यही भएर साउन महिनामा शिवमुर्ति रहेका स्थानहरुमा पूजा आरधाना गर्ने र शिवलाई शुद्ध जल चढाउने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
विशेषगरी साउनको सोमबार विभिन्न स्थानबाट काठमाडौ आएर सुन्दरीजलको पानी पशुपतिमा चढाउने बोलबम तिर्थयात्रीको घुइँचो लाग्ने गरेको छ ।
यो वर्ष पनि शिवलाई शुद्ध जल चढाउन साउनको पहिलो सोमबारदेखि नै भक्तजनहरु सुन्दरीजलको पानी पशुपतिमा चढाउन सुन्दरीजल पुग्नेहरु उल्लेख्य भेटिएका छन् ।साउनको तेस्रो सोमबार आज पनि शुद्ध जल लिन भक्तजनहरु बिहानै सुन्दरीजलमा पुगेका थिए । सुन्दरीजल वागमती नदीको शिर भएका र त्यहाँको जल पवित्र मानेर पशुपतिमा चढाउने गरिन्छ ।
जल लिन सुन्दरीजल पुगेका भक्तजनहरु नुहाएर जल बोकेर बोलबम भन्दै कोही खाली खुट्टा त कोही सवारी साधनमा पशुपतिसम्म आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै