बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘मुसुमुसु हाँसिदेउ’ का गायक नोर्देनको निधन

मङ्गलबार, २१ साउन २०७६, १० : ४८
मङ्गलबार, २१ साउन २०७६

द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको सोमबार बेलायतमा निधन भएको छ ।

सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका उनको बेलायतको अल्डरसटस्थित निवासमा निधन भएको हो ।

सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छलगायतका गीत लोकप्रिय छन् ।

उनले सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका हुन् ।

उनका दुई छोरी, एक छोरा र श्रीमती छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप