छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेपछि.... (भिडियो)
१९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोज्ने लागुऔषध कारोबारी पक्राउ परेका छन् ।
रियो दे जेनेइरोका जेल अधिकारीले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएका कैदीको भिडियो सार्वजनिक गरेको छ ।
उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ ।
अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ ।
जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जेल सजाय काटिरहेका थिए ।
तर छोरीको रुप धारण गरेर भाग्ने सिल्भाको योजना बीचमै तुहियो । उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै