शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बच्चाको मृत्यु भएपछि ग्राण्डी अस्पतालमा तनाव

मङ्गलबार, २१ साउन २०७६, १९ : २८
मङ्गलबार, २१ साउन २०७६

काठमाडौं– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् । 

अस्पतालले इन्फेक्सनको कारण बच्चाको मृत्यु भएको जनाए पनि यसलाई पत्याउन घरपरिवार तयार छैनन् । निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल लगेको थिए ।

उनले सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाको लागि एनआइसियूमा राखेको आरोप लगाए । जन्मिएको १८ दिनपछि बच्चाको मृत्यु भएको अस्पतालले जनायो । उनीहरुले अस्पताललाई पटक पटक सत्य तथ्य छानबिन गर्न आग्रह गरे पनि अस्पतालले वास्ता नगरे पनि आन्दोलन गरेको बच्चाका बाबु दोर्जेले बताए । 

दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्विकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको त छ तर अहिलेसम्म केही गर्न सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको अस्पताल भनी उपचार गर्न आएको, महंगो पनि उत्तिकै यस्तोमा धेरै मानिस भ्रममा नपरुन भनेर जानकारी दिन आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप