शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेडमी के२० सिरिज नेपाली बजारमा, यस्ता छन विशेषता

बिहीबार, २३ साउन २०७६, १४ : १७
बिहीबार, २३ साउन २०७६

काठमाडौं– शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । 

रेडमी के२० सिरिज 

रेडमी के२० र रेडमी के२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के२० र रेडमी के २० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एएमओएलईडी होरिजन डिस्प्ले रहेको छ ।

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९% रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो ।  होरिजन एएमओएलईडी डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ ।  

उद्योगमै पहिलो पटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ । एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३००,००० पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ । 

रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ । यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ ।

दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ । रेडमी के२० उच्च गुणस्तरीय रहेको छ, पीटूआई न्यानो–कोटिङले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ साथै दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको छ । अन्य सहजज्ञ गुणस्तर सुधार अन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ ।

शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन् ।’

अल्फा फ्ल्यागसिप

रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । यो क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो र यसमा विश्वकै सबैभन्दा तेज प्रोसेसर छ (अघिल्लो एसडी ८४५ भन्दा ४५% तीव्र) । स्न्यापड्रेगन ८५५ को ट्राई–क्लस्टर आर्किटेक्चर र ७ एनएम आर्किटेक्चरले रेडमी के२० प्रो लाई विशाल प्रोसेसिङ आट प्रदान गर्दै विश्वकै सबैभन्दा शक्तिशाली स्मार्टफोन बनाएको छ ।

रेडमी के२० प्रो मा सोनी आईएमएक्स५८६ सेन्सर भएको ४८ एमपी एआई मुख्य क्यामेरा, ८ एमपी २एक्स टेलिफोटो क्यामेरा र १२४.८ फिल्ड भ्यू सहितको १३ एमपी अल्ट्रा–वाइड क्यामेरा रहेको छ । यो फोनहरु दुईवटा स्टोरेज भेरियन्ट (६जीबीर१२८जीबी र ८जीबीर२५६जीबी) र तीनवटा रंगहरुमा उपलब्ध रहेको छ ।

उच्च रिजोलुसन डिजिटलदेखि एनालग कन्भटरले गर्दा रेडमी के२० प्रोमा लसलेस अडियोलाई पुनः प्ले (२४ बिट, १९२ केएचजेड सम्म) गर्ने क्षमता छ साथै डूअल जीपीएस एन्टेनाले जीपीएस पिनपोइन्टको सूक्ष्मता सूनिश्चित गर्दछ । 

रेडमी के२०को दायरा 

रेडमी के२० नयाँ क्वालकम स्न्यापड्रेगन ७३० भएको पहिलो फोन हो र स्न्यापड्रेगन ७३०  क्वालकमले ल्याएको तेस्रो तीव्र चीपसेट (एसडी ८४५ र एसडी ८५५ भन्दा पछाडि) हो जुन अघिल्लो स्न्यापड्रेगन ७१० भन्दा ४०% ले तीव्र छ । यसले रेडमी के२० लाई मिड–प्रिमियम सेगमेन्टमा सबैभन्दा शक्तिशाली फोन बनाएको छ । 

मूल्य 

रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग– फ्लेम रेz, ग्लेसियर ब्लू र कार्बन ब्ल्याक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानलमा ८ जीबी प्लस २५६ जीबी भेरियन्ट ४९ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । 
रेडमी के२० ३९ हजार ९ सय ९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप