शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको अध्यक्षमा राजवंशी

शनिबार, २५ साउन २०७६, १२ : ५३
शनिबार, २५ साउन २०७६

राप्रपा निकट प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको कार्यसमिति घोषणा गरिएको छ । मेलवर्नमा पत्रकार सम्मेलन गर्दै प्रनेएस अष्ट्रेलिया घोषणा गरिएको हो ।

समितिको प्रमुख सल्लाहकार डा. रामकृष्ण निरौला रहेका छन् भने सललाहकारमा दीपक गौतम, अध्यक्ष अजय राजवंशी, वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपाने, उपाध्यक्ष प्रमोद भण्डारी, महासचिवमा मिलन आचार्य, कोषाध्यक्ष अनुप ढकाल रहेका छन् ।

त्यस्तै, अष्ट्रेलियाका विभिन्न राज्यहरूमा प्रमुखहरू पनि चयन गरिएका छन् ।

कार्यक्रमको अतिथि रहेका मेलवर्न भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले प्रवासी नेपाली एकता समाज अष्ट्रेलियालाई शुभकामना दिँदै प्रवासमा आइपर्ने समस्याको समाधानको लागि समाज संग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल एनआरएनएका सचिव देव गुरूङ, समाजसेवी दीपक विष्टले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजका अध्यक्ष अजय राजवंशीले कार्यसमितिको घोषणा गर्दै धर्म, संस्कृति पहिचानको रक्षाको लागि समाज क्रियाशील हुने बताए ।

समारोहमा वरिष्ठ उपाध्यक्ष ऋषिकेष न्यौपानेले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै समाज वैचारिक रूपमा अघि बढ्ने तथा नेपालमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको वैचारिक आस्था मिल्ने पार्टी राप्रपा भएकोले सो पार्टीको नीति सिद्धान्त अनुसार नै अगाडि बढ्ने वताए ।

राप्रपाको विश्वको २५ देशमा सशक्त संगठन छ । नवगठित कार्य समितिलाई राप्रपा अध्यक्ष कमल थापाले बधाई तथा शुभकामना दिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप